
काठमाडौँ, फागुन ५ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सफाइ तथा सम्बन्धित सेवामा विशेष छुटको व्यवस्था गरेको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले रोयल क्लिनिङ सर्भिसेस एण्ड सप्लायर्स प्रालिबाट उपलब्ध विभिन्न सफाइ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरानियन्त्रण (बेडबग), एसी सर्भिसिङलगायतका सेवामा छुट दिने व्यवस्था गरेको छ।
ज्योति विकास बैंकले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्य राखेको छ। बैंकले विगत वर्षहरूमा नवजात शिशुको जीवनरक्षा अभियानमार्फत हजारौं शिशुको जीवन बचाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजमा दिगो परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
गत आर्थिक वर्षमा बैंकले राष्ट्रप्रतिआफ्नो दायित्व पूरा गर्दै करमार्फत रु. ४१ करोड योगदान पुर्याएको छ। हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply