|
Getting your Trinity Audio player ready…
|

काठमाडौं,चैत १० । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएकाे कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएकाे थियाे ।
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएकाे बताइन ।दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयाेग गर्ने उनको भनाइ थियाे ।
कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिए ।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए ।

Leave a Reply