
काठमाडौं, चैत्र १० । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२६ अभियान अन्तर्गत देशभर वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले २०८२ चैत्र २ गतेदेखि ८ गतेसम्म ‘स्मार्ट मनी टक्स’ नारासहित एक सातासम्म वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो।
यस अवधिमा बैंकले शाखा कार्यालयमार्फत विद्यालय तथा कलेजमा आधुनिक बैंकिङ्ग, वित्तीय अनुशासन, बचत, लगानी, खर्च, विद्युतीय सेवा, नगदरहित कारोबार, धितोपत्र बजार तथा विद्युतीय ठगी रोकथाम जस्ता विषयमा ३० भन्दा बढी तालिम तथा सचेतना कार्यक्रम आयोजना गरेको छ।
बैंकले डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत पनि सचेतना सामग्री प्रकाशन गरेको थियो। प्रभात फेरी लगायतका गतिविधि सञ्चालन गरिएको अभियानबाट करिब २२०० भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन्।
संस्थागत सुशासनलाई प्राथमिकता दिँदै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएको छ। नवजात शिशुको जीवन रक्षा गर्ने उद्देश्यले बैंकले ७० वटा न्यानो नानीमार्फत हरेक वर्ष २५९० भन्दा बढी शिशुको जीवन बचाउन सफल भएको छ।
गत आर्थिक वर्षमा बैंकले रु. ४१ करोड कर तिरेर राष्ट्रप्रति दायित्व निर्वाह गरेको छ। हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply