
काठमाडौं, चैत्र २२ । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा उच्चस्तरीय सेवाको संयोजनमार्फत ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने उद्देश्य राखिएको छ।
पूर्ण सुविधा सम्पन्न यस शाखामा थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज, प्रिमियम सैलुन, स्विमिङ्ग पूल तथा जिमलगायत सम्पूर्ण वेलनेस सेवाहरू उपलब्ध छन्। ग्राहकहरूको मागअनुसार ललितपुरमा पनि यस्तै सुविधा सम्पन्न शाखा विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।
गत दुई दशकदेखि वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै आएको ट्रान्क्यूलिटी स्पाले हालसम्म देशभर १८ भन्दा बढी शाखा सञ्चालनमा ल्याइसकेको छ। यीमध्ये धेरैजसो शाखा प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यमा रहेका कारण पर्यटकबीच पनि यसको लोकप्रियता बढ्दै गएको छ।
द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिल्स रिजोर्ट, रोयल ट्युलिप चितवन, फिसटेल लज बाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासाजस्ता होटलहरूमा सेवा विस्तार गरिसकेको कम्पनीले मलेसियामा रहेको शाखामार्फत त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ।
कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता दिनानुदिन बढ्दै गएको छ।
त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर करिब २५० रोजगारी सिर्जना गरेको छ। नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरूले प्रिमियम आतिथ्य सेवासँगै एउटै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Leave a Reply