स्वास्थ्य टिप्स : हेल्थ केयर
फेसप्याक भन्नाले अनुहारमा लगाउने लेप भन्ने बुझिन्छ । सुन्दर चिज सवैलाई मन पर्छ । यसैले हामी फेसियल गरी प्याक लगाउन हामी प्रायजसो ब्युटिसियनकहाँ पुग्छौं । तर, यसलाई घरमै बसेर पनि लगाउन सकिन्छ । घरमै लगाउने यस्ता प्याक हामी विभिन्न तरकारी र फलफुलको प्रयोग गरी बनाउँन सक्छौं । फेसप्याक छालाको प्रकार र समस्याअनुसार छनौट गर्नुपर्छ । तरकारी र फलफुल सबै खान हुने वस्तुहरु भएकाले कुनै साइडइफेक्ट गर्दैन । यसलाई साताको दुइ÷तीन पटक प्रयोग गर्न सकिन्छ । घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २० मिनेटका लागि त्यसै छाडनुपर्छ र समय भएपछि सादा पानीले धुनुपर्छ ।
यसका फाइदा ः
घरमा तयार पारिएका यस्ता होम प्याकबाट कालोपोतो, सुख्खापन, तैलीय र छाला चाउरी पर्ने आदि हटाउन मद्दत गर्छ ।
केही टिप्स :
१. काँव्रmो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि राम्रो हुन्छ ।
२. पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ ।
३. एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।
४. आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो पानीेले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।
५. अण्डाको सेतो भागमा २÷४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ ।
६. आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३÷४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ ।
७. अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३÷४ थोपा कागतीको रस १÷४ चम्चा मह, २÷३ चम्चा गहुँको पिठो, २÷३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखेर धुनुपर्छ ।
८. अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र काँव्रmो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ ।
Leave a Reply