
काठमाडौँ, असार ०३ । राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गर्दै गोरखा र जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा आएको छ। त्यस्तै, जुम्ला जिल्लाको सिंजा गाउँपालिका–३, नराकोटमा शाखा कार्यालय जेठ २६ गतेदेखि सञ्चालनमा ल्याइएको हो।
यी शाखा थपिएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ। वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्दै शाखा विस्तार गरेको जनाएको छ।
बैंकले कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङ लगायत आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।

Leave a Reply