टाँकको इतिहास र टाँक बनाउने प्रक्रिया

हामीले लगाउने सट, पेन्ट वा अन्य कुनै पहिरनमा टाँकको प्रयोग गरिएको हुन्छ । हामी यसको उपयोग गरिरहेका हुन्छौं तर टाँक बन्ने विधिको बारेमा कमैलाई मात्र थाहा हुन्छ । टाँकको प्रयोग धेरै पहिलेदेखि भएतापनि प्वाल भएको टाँक १३ औं शताव्दीसम्ममा बनेको थिएन ।

सुरूमा टाँकको बनाओट नमुना मध्य एसियामा युद्ध गर्न गएका योद्धाले युरोपमा भित्र्याइएका थिए । यसलाई पेरिसको पुरूष फेसन डिजाइरले प्रयोगमा ल्याएको पाइन्छ । त्यतिखेर बनेका टाँक काठ, ब्रास, सुन र चाँदीबाट बनेको हुन्थ्यो ।

१८ औं सताव्दीमा आएर युरोपका विभिन्न कम्पीहरूले टाँकको उद्योग खोलेका थिए । त्यतिखेर पनि धातुबाट बनेका टाँक नै बढी चलनमा आएको थियो । पछि अंग्रेज उद्योगले स्टील, सिसा र मेटलबाट बनेको टाँकको आविष्कार गरे जुन फ्रान्समा औधिक मन पराइयो । त्यो १९ औं शताव्दीसम्म व्यापक चर्चा नै भयो ।

२० औं शताव्दीमा आएर त्यो विकसितहुँदै सेता चम्किला सिसाबाट बनेको टाँकको प्रचलनमा आयो । सन् १९३०मा आएर प्लास्टीकले बनेका टाँकको प्रयोग भयो । दोस्रो विश्वयुद्धले प्लाष्टिक टेक्नोलजीमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

त्यतिखेरका टाँक उद्योग सवै प्लास्टिक उद्योगमा परिणत भए । प्लाष्टिबाट निर्मित टाँक बनाइन विभिन्न विद्याबाट हुन थलेको पाइन्छ ।

प्लास्टिक प्रविधिबाट टाँक बनाइन प्रयोग हुने डाइको मोडल

कच्चा पदार्थः

सामान्यतया टाँकहरू प्राकृतिक कच्चा पदार्थहरूबाट बनेका हुन्छन् । तर ती सवै ठाँउमा सजिलै पाउँदैनन् । अमेरिकामा हाक्तिको दाह्रा, बेलको दाँत र कछुवाको टाँक बनाउन पाइदैन । सिङ्गबाट बनेका टाँक भनेका गाई र भैसीका हुन् । गाई भैसीले कम गुणस्तरको घाँस खाने भएका कारण यसबाट बनेका टाँकहरू त्यति क्वालिको हुँदैन ।

टाँकको लागि प्रयोग हुने साधारण प्रदार्थ भनेको पोलिस्टर हन् जुन एक प्रकारको प्लाष्टिकबाट बनेको हुन्छ । यसमा धेरै प्रकारको केमिकल डाइको प्रयोग गरेका हुन्छन् । जसले टाँकलाई रंगीविरंगी बनाउने गर्दछ । केहि टाँकहरू यस्ता हुन्छन् जसमा रातो काव्रोनेट मिसाइएको हुन्छ । तर काला टाँकमा काला काव्रोनेट मिसाइएको हुन्छ । सेता टाँक भने टिटानियम मिसाइ बनेका हुन्छन् । टाँकलाई कडापन दिन क्याटालिस्टको रूपमा पोलिस्टर र वाक्स मिसाइएको हुन्छ ।

बनाउने प्रक्रिया
साधारणतः टाँक तयार हुनको लागि आठौं खुड्किलाहरू पार गरेका हन्छन् । ती खुड्किलाई संक्षिप्तमा वर्णन गरिएको छ ।

१। पोलिस्टर मिसावट गर्ने ः
टाँक उद्योगमा पोलिस्टर तरल पदार्थमा ल्याइन्छ । त्यसपछि कच्चा पदार्थलाई टाँक बनाउन कडापन नाप्ने एक कडा स्टीलको भाडामा राखिन्छ । प्राकृतिक रंग निकाल्न बाहेक डाई गरिन्छ । त्यसपछि त्यस तरल पदार्थलाई थ्री–ग्यालोन अर्थात ११ लिटरको मेटल ब्रेकरमा राखि क्यटालिस्ट र वाक्स राखिन्छ ।

बेलौना आकारको प्लाष्टिकको भाडामा खनाउने ः
सवैकुरा मिसाएपछि त्यसलाई ठूलो बेलौना आकर जुन ४ फिट व्यास र २ फिट लामो सिलिन्डरमा राखिन्छ । त्यो सिलिण्डर २५० रेट प्रति माइलमा घुम्छ ।

कडापन बनाउने ः
जव त्यो सिलिण्डर घुम्न थाल्छ, त्यतिनैखेर केमिकल क्याटालिस्टले त्यसलाई कडापन दिने काम गर्छ । यो प्रक्रिया बीस मिनेट पछि हुनेछ ।

पातामा ढाल्ने ः
जव टाँक बनाउनको लागि आवश्यक कडापन पुग्छ । ड्रमलाई रोक्ने काम गरिन्छ । त्यसपछि त्यस ड्रमलाई काठको ट्यूवमा गुडाइन्छ । त्यतिखेर वाक्सले टाँकलाई बाहिर आउन मद्दत गरेको हुन्छ ।

व्लाङ्क काट्ने ः
टाँकको माथिपटीका भागमा रहेको वाक्स हटाउने काम भएपछि व्लाङ्क काट्ने काम गर्छ । यो एउटा प्रक्रिया हो—जुन फिताबाट आएको टाँकलाई गोलाकार बनाउने, प्वाल पार्ने काम गर्दछ ।

व्लाङ्कलाई चिसाउने ः
यतिखेरसम्म अत्याधिक तातो हुने भएका कारणले यसलाई नाइलनको व्यागमा राखिन्छ । त्यसपछि त्यो नाइलनको व्यागलाई ११० डिग्री सेल्सियस भएको नुन पानीको भाडामा राखिन्छ । राखेको ठिक १५ मिनेट पछि त्यो तैरन थाल्छ । विस्तारै चिसिनेक्रम भएपछि त्यो नाइलन व्यागलाई फेरि पानीको भाडा राखेर चिसाउने काम गरिन्छ ।

स्टाइल दिने ः
माथिका प्रक्रियाहरू भएपछि अव टाँकको अकार र बनाओट ल्याउने परिवर्तनका कामहरू गरिन्छ । यसका लागि प्वाल पार्ने, टाँको घेरा बनाउने मेशिनमा टाँकलाई राखिन्छ । मेशिनको होपरबाट पशेको टाँक पछि बटमबाट निकाल्न भने भ्याकुमको प्रयोग गरेको हुन्छ । यो प्रक्रियाबाट प्रत्येक मिनेटमा एक सयवटा टाँक निस्कन्छ ।

टाँकको अन्तिम अवश्था ः
टाँकलाई आकारमा बदल्ने र प्वाल पार्ने काम सेकपछि त्यसलाई ‘छ’ कुना भएको ड्रममा राखिन्छ । त्यस ड्रमका टाँक २४ घण्टा स्पीन भएपछि त्यसलाई धुने, टल्काउने र सुख्खा बनाउने काम गरिन्छ ।

गुणस्तरीय जाँच गर्ने ः
टाँकको सम्मूर्ण काम सकेपछि त्यसको गुणस्तरीय जाँच गरिन्छ ।

Reference:

Epstein, Diana and Millicent Safro. Buttons. Harry N. Abrams, Inc., 1991.

Fink, Nancy and Maryalice Ditzler. Buttons: The Collector’s Guide to Selecting, Restoringand Enjoying New and Vintage Buttons. Running Press, 1993.

http://www.madehow.com/Volume-2/