के आइन्स्टाइनले भनेको सत्य थियो ?

विज्ञान प्रवृतिमा भएको गुणात्मक विकाससँगै आज संसार गाउँमा परिणत भएको छ । अझ मानव सभ्यतालाई सहज बनाउन बैज्ञानिकहरु थप अनुसन्धानमा जुटिरहेका छन् । यसैविच युरोपियन स्पेस एजेन्सीले एक नयाँ परिक्षण शुरु गरेका छन् । उक्त बैज्ञानिकहरुको टिमले ‘लिजा पाथफाइडर’ अन्तरिक्षमा पठाएका छन् । उनीको मुख्य उदेश्य आइन्टाइनले भनेको गुरुत्वाकर्षण सिद्धान्तमाथि केन्द्रित रहेको समाचार एजेन्सीहरुले बताएका छन् । के आइन्टाइनले भनेको ठिक हो त ? उनीहरुको मुख्य अनुसन्धानको विषय यही विषयमा केन्द्रित रहेको छ ।
लगभग सय वर्ष अघि बैज्ञानिक अल्बर्ट आइन्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । सय वर्षपछि बैज्ञानिकहरुले उक्त सिद्धान्तमाथि पुर्नपरिक्षण गर्न लागेका हुन् । उनीहरुले अन्तरिक्षमा पठाएको यान पृथ्वीबाट १५ लाख किलोमिटर टाढा यस्तो ठाउँमा पुग्नेछन् जहाँ आइन्टाइनले पत्ता लगाएको कुनै गुरुत्वाकर्षणको तागतले भेट्ने छैन ।
यानले एउटा शक्तिशाली यन्त्र लिएर गएको छ । सो यन्त्रले अन्तरिक्षमा गुरुत्वाकर्षणको शक्ति पत्ता लगाउनेछ ।यस मिसनबाट गुरुत्वाकर्षणको तरंगहरुको बारेमा जानकारी लिई अरु थप ठूला मिसनहरुमा सहयोगी हुने बैज्ञानिकहरुले अपेक्षा गरेका छन् ।