आज बुध ग्रहको पारगमन, अवलोकन गर्ने किॽ  

काठमाण्डु। ११ वर्ष पछि आज (वैशाख २७) गते दिउँसो ४ बजेर ५५ मिनेट जाँदा नेपालबाट बुधग्रहको पारगमन देख्न सक्नुहुनेछ। यो अवसर सूर्यास्थ नहुँदासम्म मात्र देख्न पाउने खगोलशास्त्रीहरुले बताएका छन्। दुर्लभ मानिने यस किसिमको दृस्य कमै मात्र अवलोकन गर्न सकिनेछ। नेपालमा यस अवसरको सदुपयोग गर्दै अवलोकन गर्ने व्यवस्ता नेपाल खगोलिय समाजले गरेको छ।

कस्तो देखिन्छ

पारगमनको समयमा सूर्यको सतहभन्दा ठीक अघि कालो छिद्रजस्तो आकारमा बुधको चलायमान दृश्य देखिन्छ। जुन एक छेउबाट अर्को छेउतीर जाँदै गरेको जस्तो महशुस हुन्छ। वास्तमा हामीले पृथ्वीको सतहबाट उक्त दृश्य हेर्दा त्यस्तो देखिएको हो।

किन यस्तो देखियो

बुधग्रह,  सूर्य र पृथ्वीको बीचमा आउँदा यस्तो दृश्य देखिन गएको हो। सामान्य बुधले उसको परीपथ ८८ दिनमा पार गर्छ। औसत रुपमा ११६ दिनमा बुध ग्रह,  सूर्य र हाम्रो पृथ्वीको बीचको परीपथबाट सूर्यलाई परिक्रमा गर्छ। ति समयमा सूर्यको सतह तल वा माथि भएर परीक्रमा गरिरहेको हुन्छ। तर एक शताब्दीमा १३ वा १४ पटक अंग्रजी महिनाको मे वा नभेम्बरमा पृथ्वी र बुधको परीपथ समान्तर रेखामा आँउछ। यसकारण हामीले सूर्यको सतह माथिबाट गएको देख्ने गर्दछौं। यो पृथ्वीबाट ८२ लाख किलोमिटर टाढाबाट परीभम्रण गरिरहेको हुन्छ। बुधको ब्यास ४ हजार ८ सय ७९ किलीमिटर छ। सूर्यको भन्दा २ सय ८५ गुणा कम ब्यास भएको बताइन्छ।

वर्षकै नजिक मंगल

नासाको जेड पपुल्सन ल्वटरीका अनुसार यो वर्ष बुधग्रहको पारगमन हुने र मंगलग्रह पृथ्वीको नजीक हुने भनिएको छ। पश्चिम दिशाबाट बुधको पारगमन भएको दृश्य देखिदै पूर्वी दिशामा गएर विलय भएको देख्न सकिन्छ। पश्चिमी अमेरिका,  अफ्रिका र युरोपहुँदै एशिया महादेश लगायत विश्वका अधिकांश राष्ट्रहरुबाट देख्न सकिनेछ। 

कहिलकहिले हुन्छ

यसको पारगमन भनेको अंग्रजी महिनाको मे वा नभेम्वरमा देख्न सकिन्छ। यसअधि सन् १९९९, २००३ र २००६ मा यसको दृश्य दिखिएको थियो ।यसपछि सन् नोभेन्बर ११, २०१९मा देख्न सकिनेछ।  त्यसपछि २०३२ नोभेम्बर, १३मा देख्न सकिन्छ।

मंगल, पृथ्वी र सूर्य सीधा हुने

अंग्रेजी महिनाको मे २२ अर्थात ‍जेष्ठ ९, २०७३ मा मंगल, पृथ्वी र सूर्य सीधा रेखामा पर्ने नासाले बताएका छन्। त्यस्तै मे ३०का दिन पृथ्वी र मंगलको सामिप्यता तुलानात्मक रुपमा नजिक हुने भनिएको छ। वैज्ञानिकहरुका अनुसार आधा लाख माइल नजिक हुने बताइएको छ। यतिखेरको मंगल ग्रह ठूला र चम्किला देखिने भनिएको छ। सूर्यअस्त पछिको समय मंगलको उदय हुनेछ। दृश्य अवलोकन गर्नकोलागि भनेको जुन महिनाको मध्य रातको समयलाई उत्तम मानिएको छ। यतिखेर तपाईले ठूला र चमकदार मंगलग्रह देख्न सक्नुहुनेछ। तपाई यो वर्षको मंगलको नजिक भएको दृश्य हर्ने छुट्टाउनु भएमा सन् २०१८मा योभन्दा नजिक मंगल ग्रह आउने नासाको जेट पपुलसन ल्वटोरीले जनाएको छ। त्यतिखेर ठूला र चम्किला मंगल ग्रह देख्न सक्नुहुनेछ।

आँखाको सावधानी!

सूर्यलाई नांगो आँखाले हेर्न हुँदैन । त्यसले आँखाको ज्योति गुम्ने खतरा हुन्छ। त्यस्तै बुधको पारगमन भएका बेलामा नांगो आँखाले हर्न हुँदैन । त्यो समयको लागि सोलार फिल्टर भएको लेन्स वा विशेषखालको चश्मा प्रयोग गरेर अवलोकन गर्न पर्नेछ। दूरविनको मद्दतले वा त्यसको परावर्तन पानीको सतहमा पारेर हर्ने सकिने छ।

अवलोकनको ब्ववस्था

यसवर्षको बुधको पारगमनको हेर्नको लागि काठमाण्डौंको गुलढुङ्गामा अवस्थित बतासे डाँडामा ब्यवस्था मिलाइएको नेपाल खगोलिय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए। युरेका हाइस्कूल, नेपालटारको सहकार्यमा गर्न लागिएको भट्टराईले जानकारी गराए।