जताभावी एन्टिबायोटिक प्रयोगले सुपरवगको खतरा

काठमाण्डू। रोगका कीटाणुविरुद्ध लड्न प्रयोग गरिदै आएको रोगप्रतिरोधात्मक एन्टिबायोटिकको अनाबश्यक प्रयोगले ‘सुपरबग’ भनिने अत्यन्त शक्तिशाली प्रतिरोधकको खतरा बढेपछि चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन्। ति एन्टीबायोटिक मानिसमा मात्र नभई कखुरा तथा वंगुरलगायतको उत्पादनमा अत्याधिक बढेको पाइएपछि नेपालमा त्यसको प्रयोगको सावधानी तथा उपाय खोजिन लागेको औषधि ब्यवस्थापन विभागले जनाएको छ।

चिकित्सकहरुका अनुसार‚ पछिल्लो समय मानिसहरुले आफूखुशी एन्टिबायोटिक अनाधिकृत रुपमा प्रयोग गरेपछि सुपरवगजस्ता परजिविको जटिल समस्या देखिएको छ। फलस्वरुप‘इकोलाई’ जस्ता पहिले सामान्य प्रकारको औषधिले नै नष्ट गर्न सकिनेब्याक्टेरिया नियन्त्रण गर्न ‘पहिलेको भन्दा बढी शक्तीशाली एन्टीबायोटिक औषधिको प्रयोग गर्नु पर्ने स्थिति आइसकेको विश्व एन्टीबायोटिक प्रतिरोध साझेदारनेपाल नामक एक गैरसरकारी संस्थाका अध्यक्ष डाक्टर बुद्ध बस्नेत बताउँछन्। उनले ‘सामान्य कीटाणु इकोलाई जसले पिसाबो नलीमा असर गर्छ‚ तिनिहरु विरुद्ध शक्तीशाली एन्टीबायोटिक दिनु परेको छ। र कोलिस्टीन र इमिप्यानहरुले पनि नछुदा जडिलपूर्ण स्थिति भएको’ बताए।

एन्टिबायोटिक एक महत्वपूर्ण औषधि हो जुन अति सूक्ष्म जीवाणुबाट हुने रोग विरुद्ध प्रयोग हुंदै आइरहेको छ।त्यसको काम भनेको जीवाणुलाई बाँच्न कठिन बनाउने वा तिनिहरु पुन उत्पादन हुनबाट जोगाउने हुन्छ।त्यस्तो औषधिप्रति सूक्ष्म जीवाणुले प्रतिरोध क्षमता विकसित गरेमा ति रोगका कारक जीवाणुमा एन्टीबायोटीक प्रभावकारी हुंदैन भन्छन् डाकटर बस्नेत।

त्यस्तो अवस्थाको चरम रुप भनेको, निश्चित प्रकारका रोगहरुको उपचारमा पहिले प्रयोग हुंदै आएको कुनै औषधिले काम गर्दैन। विश्वका अन्य मूलुकमा जस्तै नेपालमा पनि एन्टीबायोटीक औषधिबाट समेत निको हुन नसक्ने रोगका कारक व्याक्टेरियाको जोखिम बढेको चिकीत्सकहरु चिन्ता ब्यक्त गर्छन्।

समास्याको जड

एन्टीबायोटिकको दुरुपयोग नेपालमा दिनप्रति दिन बढेको पाइन्छ। सजिलै काठमाण्डुका फार्मेसीहरुमा सिफारिस विना एन्टीबायोटिक किन्न सकिने भएकोले भविष्यमा योभन्दा बढि जटिल अवस्था आउने बताइन्छ। अर्को भनेको एन्टीबायोटिक नचाहिने ठाँउमा एन्टीबायोटिकहरु अत्याधिक मात्रामा यसको प्रयोग गरेको पाइनु प्रमुख दुखत कुरा भएको डाक्टर बस्नेतले बताए

आफुखुशी जताभावी ‍औषधिको सेवन गर्ने र मात्रा नपुर्याउँनाले एन्टिबायोटिकले नछुने हुन्छ। त्यसरी कम मात्राको एन्टिबायोटिकले काम नगरेपछि उच्च मात्राको एन्टिबायोटिक प्रयोग गर्नु पर्ने चिकित्सकहरु बताउँछन्। ति विभिन्न प्रकारका औषधिको प्रयोग गरी विमारी निको नभएमा ति विमारीमा ‘मल्ट्रीब्याक्टोरियल रिजिस्ट्यान्स’को खतरा उत्पन्न हुन्छ। सुपरबग जस्ता जटिल समस्या पैदा हुन्छ।  द लास्ट रिजोर्ट अर्थात वा अन्तिम मात्राको औषधिले काम नगरेमा अन्य विकल्प नभएको चिकित्सकहरु बताउँछन्। भन्छन्‚ नयाँ डाक्टरहरुले पनि औषधि चलाउँदा विशेष ध्यान दिन पर्ने हुन्छ।

यसरी काठमाण्डुलगातयत मुलुक भरका औषधि पसललेहरुले विरामीको रोगको किटान नगरी एन्टिबायोटिक प्रयोग गर्दा जोखिम दिनप्रति बढ्दै गएको देखिन्छ। मुलुकमा हाल एन्टिमाइक्रोवियर रिजिस्यान्सको प्रयोग नीति लागू गरिएको औषधि विभागले जनाएको छ। तर संरचनात्मक हिसाबले त्यसको निगरानी गर्न नसक्दा समस्या झन जटिल बन्दै गएको औषधि ब्यवस्थापन विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताउँछन्। यसको लागि प्रयोग नीति बनाइएको भएपनि प्रभावकारी ढंगबाट नियमन गर्न नसकेको उनी स्विकार्छन् । अहिले औषधि ब्यवस्थापन विभागले गर्न सक्ने भनेको सामान्य निगरानी मात्रै हो। यसलाई औषधि पसलमा नराखौं भने पहुँज घटेर जान्छ− त्यसले झन समस्या आउँछ।  यसकारण उत्पादनदेखि विक्रिवितरणसम्म नियन्त्रण होइन निगरानी गरीरहेका छौं। तर सोचेजस्तो किसिमले काम गर्न सकिराखेको छैन्‘ खकुरेल बताउँछन्।

डाक्टरको सल्लाहविना प्रयोग गर्न नपाइने एन्टिबायोटिकको अनाधिक प्रयोग वा विक्रिवितरणमा नियमन गर्न अस्पतालहरुको औषधि विक्रि कक्षमा विरामीले प्रयोग गरेको औषधिको सूचि तयार गरी निगरानी गर्न लागिएको उनी बताउँछन्।  भन्छन्‚ ‘अव हामीले नयाँ विकास गर्न सक्ने त हामीले होइन्। हामीसँग भैराखेको जुन एन्टिमाइक्रोवियल छ त्यसलाई बचाउने हो। तिनिहरुको सेनसेनेभिटि जोगाउने हो। त्यसको न्यायसंगत तरीकाले प्रयोग गरी त्यसको मिसयुज रोक्ने हो।’

यसर्थ‚ चिकित्सकको सल्लाहा विना एन्टीबायोटिकको प्रयोग नगर्ने र खानपान तथा सरसफाईमा ध्यानदिन उनले सुझाए।

 

सुपरबगको चुनौति कति ठूला हुन

मुख्य एन्टीबायोटिक रेजिस्ट्यान्स रिभ्यूका अनुसार‚ सन २०५० सम्ममा तत्कालै समाधानको बाटो नपहिलाउने हो भने प्रत्येक ३ सेकैण्डमा विश्वमा एउटा मानिस सुपरबगको कारणले मर्न सक्छ।यसबारेमा सन् २०१४ को मध्यतिरबाट अभियान सूरु गरिएको हो । सर्वसाधरणको लागि भनेर जनचेतना अभिवृद्धि क्याम्पेन सुरु गरीएको छ। यदि आवश्यक छैन भने एन्टीबायोटिक नलिन सुझाब दिएको छ।

चिकित्सकका अनुसार एन्टीबायोटिकले काम गर्न छाडेमा छाला‚ ज्यान जोखिममा हुने र रक्त  क्यान्सर उपचारमा ठूलै समस्या आइपर्छ। अहिले औषधिभन्दा पनि शक्तिशाली किटाणु वा जीवाणु फेला परेका छन्‚ त्यसको उपचार गर्न समस्या देखिएको छ। यसरी समस्या निम्तनुलाई आपूखुशी वा औषधि पसलबाट वा चिकित्सकको सल्लाहा विना एन्टीबायोटिकको प्रयोग गरेकै कारण हो भन्छन चिकित्सकहरु। विरामीले पनि एन्टीबायोटिको पूर्ण मात्रा सेवन नगर्दा एन्टीबायोटिकले काम नगरेको चिकित्सकहरुको भनाई छ। रोगको केहि किटाणु पनि शक्तिशाली भएका बनेकोकाले पनि एन्टिबायोटिकले कम असर गरेको अनुसन्धानकर्ताहरुको बुझाई छ।

विश्वमा एन्टिबायोटिकको जथाभावी प्रयोग र यसले मानब स्वास्थ्यमा पारेको नकारात्मक असरले चिकित्सकहरु चिन्तित बनेका छन्।

साबधानी

यो रेजिस्ट्यान्स ब्याक्टेरीया भनेको हस्पिटल र फार्मबाट प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा पानीको माध्यमबाट फैलन सक्छ। त्यसपछि मानिसहरुको बीचमा खोकी वा हात नधोएका मानिसबाट फैलने बताइएको छ। यसकारण सरसफाईमा विशेष ध्यान दिनु पर्ने चिकित्सकहरुको सल्लाह छ।

स्वास्थ्य सेवाको हकमा

  • स्वास्थ्य सेवामा कार्यरत संस्थाहरुले सही एन्टीबायोटिकको प्रयोग गर्ने संस्कार बसाल्नु पर्छ। सही  औषधिकालागि सहि समयवाधिसम्म प्रयोग गर्न लगाउने । औषधि सेवन गरेको २४ घण्टामा विरामीको पुन चेकजाँच गर्ने ।
  • सबै प्रकारको सुझाएको एन्टिबायोटिक प्रयोगको समयावधि‚ मात्रा र सूची राख्ने।
  • विरामीले हातको सफाई वा रोग विरुद्ध रोगथामका उपाय अपनाइएको बारेमा सोधपुछ गर्ने।

 

विरामीले गर्नुपर्ने

  • रोगका बारेमा जान्ने‚ प्रयोगशाला परीक्षण गरीसकेपछि दिइएको एन्टीबायोटिक ठीक छ वा छैन भनेर चिकित्सकलाई सोध्नुहोस्।
  • चिकित्सकले सुझाएको एन्टिबायोटिक मात्र प्रयोग गर्नुहोस्। मात्रालाई नछुटाउनुहोस्। रोगबाट आराम मिलेको जस्तो भएपछि रोगथामको पूर्ण अवधिभर औषधि सेवन गर्नुहोस्।
  • प्रयोग गरीसकेको एन्टिबायोटिकको पत्ती जताभावी वितरण नगर्नुहोस्।
  • एन्टिबायोटिकले निश्चित प्रकारको रोगलाई नियन्त्रण गर्छ। गलत प्रकारको औषधिको प्रयोग गरेमा त्यसले रोग निको हुनुको सट्टा झन ब्याक्टेरीया अर्थात सूक्ष्म जीवाणु बढाउने काम गर्छ।
  • एन्टिबायोटिकको माग नगर्नुहोस् यदि डक्टरले आवश्यक पर्दैन भनेको छ भने। एन्टिबायोटिकक नकाराम्मक असर हुन्छ भनेर सम्झनुहोस्।