छैटौँ लाटोकोसेरो उत्सव गर्दैछौं

कपिलबस्तुको जगदीशपुरमा माघ २१ र २२ गते छैटौं लाटोकोसेरो उत्सव आयोजना गरिने भएको छ

राजु आचार्य, कार्यकारी निर्देशक, प्रकृतिको साथी

लाटोकोसेरो तथा हुचिल उत्सवका अगुवा हुन् राजु आचार्य । करिब २४ वर्षदेखि उनले वातावरण तथा पशुपक्षी संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् । वातावरणीय व्यवस्थापन तथा वनविज्ञानमा स्वदेशी तथा विदेशी डिग्री हासिल गरेका उनले प्रकृतिका साथी गैरसरकारी संस्थामार्फत् सन् २००८ देखि लाटोकोसेरो संरक्षण अभियान चलाउँदै आएका छन् । उक्त संस्थाले सन् २०११ मा पहिलोपटक नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरेको थियो ।

अमेरिकामा सन् २०११ मा भएको अन्तर्र्रािष्ट्रय लाटोकोसेरो महोत्सवमा ‘स्पेसल एचिभमेन्ट अवार्ड’ पाएपछि झनै हौसिएर काम गरेको आचार्य सुनाउँछन् । उनी भन्छन्, ‘पश्चिम नेपाल कपिलबस्तुको जगदीशपुर माघ २१ र २२ गते हुन गइरहेकोे लाटोकोसेरो तथा हुचिल उत्सव यसैको देन हो । यसै सन्दर्भमा रिभोसाइन्सले संरक्षणविद् आचार्यसँग गरेको कुराकानीको सम्पादित अंशः

लाटोकोसेरो तथा हुचिल उत्सव गर्ने योजना कसरी बन्यो ?
–लाटोकोसेरो संरक्षणको क्षेत्रमा जनचेतना फैलाउने काम सन् २००८ देखि सुरु गरेका थियौं । सन् २०११ मा अमेरिका भएको लाटोकोसेरो महोत्सवमा ‘स्पेसल एचिभमेन्ट अवार्ड’ प्राप्त गरेपछि नेपालमा यसको सुरुआत भएको हो । सन् २०१२ मा पहिलोपटक धादिङमा लाटोकोसेरो उत्सव गरेका थियौं । त्यसपछि नवलपरासी, बारपाक, सिकलेस उत्सव सफल भएपछि अहिले कपिलवस्तुको जगदीशपुरमा गर्न लागिएको हो ।


लाटोकोसेरो संरक्षण गर्नुपर्ने कारण के–के छन् ?
मुख्यतः एक जोडी लाटोकोसेरोले फूल पार्नेदेखि बच्चा कोरल्ने र बच्चालाई उडाउने बेलासम्म करिब ३ हजार मुसा खान्छन् । त्यो भनेको करिब ४ महिना अवधिको मात्रै हो । यदि त्यो नहुने हो भने हाम्रो खेतीबाली तथा अन्न उत्पादनमा असर गर्छ । यसरी नोक्सान रोक्न सकिन्छ । कुनै एक क्षेत्रमा १० जोडी लाटोकोसेरो हुने हो भने त्यसले ३० हजार मुसालाई नियन्त्रण गर्न सक्छ ।
यसकारण लाटोकोसेरोलाई ‘किसानको साथी’ पनि भनिन्छ । लाटोकोसेरोको बारेमा थुप्रै किंवदन्ती सुन्न पाइन्छ । तर, यसको फाइदाबारे किसान वा मानिसले कमै थाहा पाएका हुन्छन् । अहिलेको उत्सवबाट हामी जनचेतना जगाउन खोजिरहेका छौं ।

उत्सवका लागि कपिलवस्तु नै किन रोज्नुभएको ?
–हरेक वर्ष नयाँ ठाउँ रोज्ने गरिन्छ । पहिलो प्राथमिकता दुर्गम ठाउँलाई दिन्छौं । अर्को, लाटोकोसेरो हिमाल, तराई र पहाड सबै ठाउँमा पाइन्छ । ५ हजार मिटरसम्म लाटोकोसेरो पाइने गरिएको छ । अहिले उत्सव गर्न लागिएको स्थानमा लाटोकोसेरो घरमा ल्याएर पाल्ने तथा चोरीसिकार गर्ने गरेको पाइएको छ ।

उत्सवमा कति सहभागी हुने अपेक्षा राख्नुभएको छ ?
–करिब ५ हजार मानिसले उत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । यसअघि सिकलेसमा करिब ४ हजार ५ सय जतिले अवलोकन गरेका थिए ।

उत्सवमा के–के हुन्छ ?
–पहिलो कुरा लाटोकोसेरोको संरक्षणबारे कुरा गर्छौ । दोस्रो, उक्त स्थानमा होमस्टे सञ्चालन गरिएको छ भने त्यसलाई प्रवद्र्घधन गर्छौ । जगदीशपुरमा नेपालको सबैभन्दा ठूलो मानव ताल यही पर्छ । त्यसको प्रचारप्रसार कम भएको देखिन्छ ।

यहाँ १ सय ७० प्रजातिका चरा पाइनछन् । स्थानीयस्तरमा खेलिने ‘फिक्का’ खेलको पनि प्रवद्र्घधन गरिने कार्यक्रम छ । विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रर्दर्शनी गर्ने योजना छ । साथै, आसपासका स्कुलमा लाटोकोसेरो तथा हुचिलका बारेमा जानकारी गराउने तथा प्रवचन दिने काम गर्दछौं । आसपासका तीनवटा गाविसका स्कुलमा निबन्ध तथा चित्रकला प्रदर्शनी आयोजना गरिनेछ ।

मनोरञ्जनका रूपमा लाठीनाच, झुम्रा नाच, महोरम, गौडा, सोरठी नाचजस्ता कार्यक्रम राखेका छौं । संरक्षणमा लागेको ३ नेपाली र एक विदेशी नागरिकलाई सम्मान गर्दैछौ। उत्सव अवधिभर अस्थायी प्रकृतिका संग्रहालय बनाउँछौं, जसमा लाटोकोसेरोको प्रतिमा, फोटो प्रदर्शनी तथा आवाज सुन्ने व्यवस्थासमेत गरिन्छ ।

जीवित लाटोकोसेरो पनि राखिन्छ ?
जीवित चाहिँ राखिँदैन । नेपालको कानुनले यसो गर्न बन्देज लगाएको छ । तर, स्वयम्भुमा रहेको प्राकृतिक संग्रहालयसँग समन्वय गरेर त्यहाँ भएका केही लाटोकोसेरोको नमूना तथा खानाको नमूना प्रदर्शनी गर्ने व्यवस्था गरेका छौं ।

उत्सवपछिको अपेक्षा चाहिँ के छ ?
–उत्सवले लाटोकोसेरो संरक्षणमा टेवा पु¥याउने विश्वास लिएका छौं । अन्य ठाउँमा पनि संरक्षणप्रति जनचेतना विस्तार हुने अपेक्षा लिएका छौं ।

तीबाहेक अरु के–के काम गर्नुभएको छ?
–विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेका छौं । जंगली चौरी गाई, ध्वाँसे चितुवा, हिमाली कालो भालु, हुँडार, जंगली बिरालोमा अनुसन्धान गरिसकेका छौं । भावी दिनमा अझै अन्य विषयमा काम गर्दै जाने योजना छ ।