विश्व अन्तरिक्ष सप्ताह मनाइयो

भक्तपुर। नेपाल खगोलिय समाजले विश्व अन्तरिक्ष सप्ताह मनाएका छन् । ख्वप माध्यामिक विद्यालयमा आयोजना गरिएको सो कार्यक्रमा अमेरिका स्थित ओरेगन विश्वविद्यालयमा विद्यावरिधि गर्दै गरेका सुर्दशन कार्कीले खगोलिय विज्ञान र आफुले गरेको कामको विषयमा मौखिक प्रस्तुति दिएका थिए । करिब एक सय वर्ष अगाडि भौतिकशास्त्री अल्बट आइस्टाइनले पत्ता लगाएको गुरुत्वआकर्षण तरङको सिद्धान्तका बारेमा उनले प्रकाश परेका थिए ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) प्रविधि संकायका प्रमुख डाक्टर सुरेशकुमार ढुंगेले नास्टले गरेको गतिविधि बारेमा बताए । उनले विद्यार्थीहरुलाई विज्ञान प्रविधिमा रुचिकासाथ अगाडि बढन्  आग्रह गरे ।

कार्यक्रमा अन्तरिक्ष यात्राको विषयमा वृत्तचित्र प्रदर्शनी गरेको थियो । नेपाल खगोलिय समाजका अध्यक्ष सुरेश भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।