‘एस्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला

छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९को औपचारिक लोगो

‘छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९’ को आवेदन खुला भएको छ । शैक्षिक प्रतियोगितामा १४ देखि २० वर्ष उमेर समुहका विद्यार्थीहरुले सहभागी हुन पाउने छन् ।

माध्यामिक तह (कक्षा ९–१२) अध्ययनरत विद्यार्थीले माघ ५ गते सम्म आवेदन दिइ सक्नु पर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएकाे छ ।  प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ एक शैक्षिक प्रतियोगिता हो । कक्षा १२ सम्म अध्ययनरत २० वर्ष भन्दा कम उमेरका विद्यार्थीले सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।”

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ एक शैक्षिक प्रतियोगिता हो । कक्षा १२ सम्म अध्ययनरत २० वर्ष भन्दा कम उमेरका विद्यार्थीले सहभागिताको लागि आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि आवेदन फारमसँगै, आवेदन दस्तुर बैंक भौचरको प्रतिलिपि, एसइइ उत्र्तीण प्रमाणपत्रको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि पेश गर्न पर्नेछ ।

माघ १२ गते शनिवारका दिन दिउँसो १२ बजे देखि २ बजे सम्म देशका सात वटै प्रदेशमा परीक्ष सञ्चालन हुने जनाएको छ ।

तीन चरणमा संचालन हुने प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई सन् २०१९ मा आयोजना हुने अन्तर्रास्ट्रिय प्रतियोगितामा भाग लिने मौका दिइने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

अध्यक्ष भट्टराईका अनुसार आवेदन फारम तथा अन्य जानकारी राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सम्बन्धि वेबसाईट  www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×