आफ्नै ‘नानो स्याटलाइट’-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ वैशाख १ संपन्न हुने गरि नेपालको आफ्नै ‘नानो स्याटलाइट’ भू-उपग्रह स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । यसले अनुसन्धानका विद्यार्थीलाई सहयोग पुग्ने बताइएको छ ।

संसदमा सम्वोधनकोक्रममा प्रधानमन्त्री ओलीले यसपछि लगतै नेपालको आफ्नै ठूलो भू-उपग्रह दुई वर्ष भित्र जडान गर्ने योजना बनाइरहेको छ । त्यसको तयारी समेत भैरहेको छ उनले भने ।

सूचना प्रविधिको पहुँदकालागि १ हजार ३ सय ६१ वडा कार्यालयका १ १ हजार ४ सय ६० विद्यालय,  १ हजार ६० स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा जडान गरी दुई वर्षकालागि निशुल्क इन्टरनेट सेवा प्रदान गरिएको जनाएको छ ।