जैविक प्रविधि बुझाउन डीएनए डे मनाउँछौं

जैविक प्रविधि उत्सब र वैज्ञानिक सम्मेलन वैशाख ११ र १२ गते गर्दैछौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा वैशाख ११ र १२ गते दूई दिने जैविक प्रविधि उत्सब हुने भएको छ । नेपालमा जैविक प्रविधिको महत्व बुझाउन उत्सब आयोजना गर्न लागिएको हो । ‘जैविक प्रविधिको महत्व युवामाझ बुझाउन सके मुलुकलाईं कृषि, वातावरण संरक्षण, औषधि विज्ञान, फुड इन्डस्ट्रिज र रसायन विज्ञानलगायतका क्षेत्रहरुमा फाइदा पुग्नेछ,’ भन्छन् वायोटेक्नोलजी सोसाइटी नेपाल (वीएसएन)का अध्यक्ष नविननारायण मुनंकर्मी ।

अध्यक्ष मुनंकर्मी त्रिभुवन विश्वविद्यालयबाट बायोटेक्नोलजीमा स्नातकतोतर गरेका छन् । उनी भक्तपुर क्याम्पस, अस्कल, सानो ठिमी क्याम्पस र कान्तिपुर भ्याली कलेजमा ‌आंशिक प्राध्यापक भएर बायोटेक्नोलजी विषयमा अध्यापनरत छन् । जैविक प्रविधि अध्ययन गरेमा नेपालमैमोलिक्यूलर बायोलजी, जीन, परम्परागत औषधिहरु प्रयोगमा मोलिक्यूलहरुले जेनेटिक लेभलमा कस्ता असर गर्छ भन्ने खालका अनुसन्धान गर्न सकिन्छ । उनले इन्टरनेशनल जर्नल अफ एप्लाइड बायोटेक्नोलजी र प्लान्ट जस्ता वैज्ञानिक जर्नलहरुमा लेख प्रकाशन गरिसकेका छन् । ‘जैविक प्रविधिका लागि प्रर्वद्धन, सचेतना र विकास’ भन्ने मूल नारासाथ सन् २००७ मा वीएसएन स्थापना गरिएको थियो ।सन्दर्भमा रिभोसाइन्सले मुनंकर्मीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादीत अंशः

उत्सबको आयोजना किन गरिएको हो ?

यो ७ औं उत्सब हो । जसरी बालदिवस, महिला दिवस एचआइभी एड्स दिवस मनाइन्छ त्यसैगरि यो एउटा दिवस हो । विश्वका अन्य मुलुकहरुले डिएनएका बारेमा बुझाउन तथा विश्वमा ताजा भैरहेका अनुसन्धानको बारेमा जानकारी दिन यस्ता उत्सब तथा सम्मेलनको आयोजना गर्दछन् ।

त्यस्तै अर्को भनेको शरीरका अतिनै सूक्ष्म कुरा जसले मानिसको गुण थाहा पाउने कुरा भनेको डीएनए हो । जसलाईं हामी ‘ब्ल्यूप्रिन्ट अफ लाइफ’ भन्छौं । यसको रसायनिक कम्पोजिसन के बाट बनेको हुन्छ ?  यसको अवस्था कस्तो छ ? यो कस्तो हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले प्रमाणित गरेको मिति भनेको १९५३ अप्रिल २५ हो । त्यो पत्ता लगाउने बैज्ञानिक पनि वेस्ट्रन यान्ड प्रिक हुन । त्यसपछि जैविक क्षेत्रमा ठूलै परिवर्तन भयो । DNA मा ATGC बेस पेर कतिवटा छन्  भन्ने जस्ता कुरा आए । सन् २००१ अप्रिल २५मा सम्पन्न यो अनुसन्धानबाट विश्वभर डीएनए डे भनेर मनाउन थालियो । जैविक क्षेत्रमा युगान्तकारी आविष्कार भएको दिनलाईं संसार भर DNA डे मनाइन्छ । त्यसै दिनको अवसरमा नेपालमा पनि मनाउन थलिएको हो ।

नेपालमा कहिले देखि मनाउन थालियो ?

नेपालमा मनाउन थालिएको सन् २००९ देखि हो । त्यसबेला देखि निरन्तर मनाउँदै आइरहेका छौ ।

के-के हुन्छ त्यो दिन ?

कहिले हामी मेला गर्छौं । कहिले हामी गोष्ठी गर्छौं । कहिले वैज्ञानिक सम्मेल गर्छौं । यसपाली जैविक प्रविधि मेला र सानो आकारको वैज्ञानिक सम्मेलन वैशाख ११ र १३ गते गर्दैछौं ।

कस्ता विषयमा वैज्ञानिक सम्मेलन हुन्छन् ?

फुड यान्ड इन्डस्ट्री बायोसाइन्स, मेडिकल यान्ड फार्मास्टिकल साइन्स, प्लान्ट यान्ड एग्रिकल्चर बायोसाइन्स र इन्भायोरोमेन्ट यान्ड कन्जरभेसन वायोसाइन्स भनेर चार विधामा बाडिएका छन् । यि चार विधामा नेपाली अनुसन्धानकर्ताहरुले लिखित तथा मौखिक प्रस्तुति दिनेछन् । त्यही क्षेत्रमा काम गर्ने विद्यार्थीहरुले पोस्टर प्रेजेन्टेशन तथा मौखिक प्रस्तुती दिन लगाउँछौं ।

जैविक प्रर्दशनीमा के-के हुन्छ ?

जैविक प्रर्दशनीमा विभिन्न कलेज, विश्वविद्यालय,  वायोटेक्नोलजीसम्वन्धी उधोगीहरुको स्टल हुन्छ । उनीहरुले उत्पादन गरेका बस्तूहरु तथा अनुसन्धान गतिविधि हुन्छन् । रक्तदान कार्यक्रम पनि गर्नेछौं । कलालाईं विज्ञानसँग जोडन् खोजेका छौं । कलाकारले डीएनएको बारेमा बनाएका तस्बिरहरु पनि प्रर्दशन गर्दैछौं ।

विद्यालय तहमा निवन्ध तथा कला प्रतियोगिता गरेको नजिजा सार्वजनिक गर्दैछौं । समग्रमा भन्ने हो भने नेपालमा जैविक प्रविधि क्षेत्रको अवस्था तथा भविष्यमा गर्न सकिने कामका बारेमा चर्चा गरिन्छ ।

सहभागी कति हुन्छन् ?

यति नै किटान गरेर भन्न सकिदैन । वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरु गरि ५ सय देखि १ हजारले प्रर्दशनी अवलोकन गर्ने आशा छ।  

शुल्क कति लाग्छ ?

शुल्क लाग्दैन । तर पोस्टर तथा पेपर प्रेजेनटेशनमा भने दर्ता शुल्क लिने गरेको छ ।

नेपालमा वायोटेक्नोलजीको अवस्था कस्तो छ ?

राम्रो छ । रोजगारका लागि दर्जा नदिइए पनि यसको प्रयोग तथा रोजगारी सबै क्षेत्रमा फैलिसकेको छ । सबैभन्दा बढी कृषि क्षेत्रमा छन् । त्यसपछि वनस्पतिको क्षेत्रमा छन् । प्लान्ट टिस्यू कल्चर गर्न  भनेर ४/५ ठूला प्राइभेट कम्पनी खुलिसकेका छन् । विरुवामा टिस्यू कल्चर गरेर व्यवसाय नै चलिरहेका छन् ।

रोजगारी अवस्था कस्तो छ?

जैविक प्रविधिमा भनेर कोटा त छुट्ट्याइएको छैन तर अध्ययन पुरा गरिसकेपछि काम चै पाइरहेका छन्।

भनेपछि वेरोजगार छैनन् ?

यदि कसैले अधिक तलब खोज्छन् भने वेरोजगार हुन सक्छन् । चुप लागेर बस्नु पर्ने अवस्था चाही छैन । कृषि, वातावरण र औषधिलगायत क्षेत्रमा जैविक प्रविधिको क्षेत्रमा काम गरिरहेका धेरै छन् ।

प्रयोगशाला तथा अनुसन्धानको अवस्था कस्तो छ ?

त्रिभुवन विश्वविद्यालय केन्द्रिय जैविक प्रविधि विभागमा उत्कृष्ट प्रयोगशाला छन् । काठमाण्डौ विश्विविद्यालयमा पनि उत्कृष्ट जैविक प्रविधि प्रयोगशाला छन् । नास्टमा छन् । प्राइभेटमा पनि छन् । अनुसन्धानको क्षेत्रमा अगाडि बढ्दै छन् ।

अनुसन्धानवृत्ति कतिको पाइन्छ ?

नास्ट तथा विश्वविद्यालय अनुदान आयोगले दिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वेला-वेलाम रिसर्च ग्रान्ड दिने गरेको छ । विएसएनबाट बायोटेक्नोलजीमा स्नातकतोर अध्ययन गर्ने विद्यार्थीहरुको सोधकालागि आर्थिक सहयोग गर्ने गरेको छ । स्नातक अध्ययन गर्ने विद्यार्थीलाईं विएस्सीमा सोध गर्न रेखा अग्रवाल अवार्ड दिने तयारी भैरहेको छ ।

वीएसएनले अनुसन्धान पनि गर्छ ?

प्रवर्द्धनमा काम गर्ने हुनाले अनुसन्धान त्यती धेरै गरेको छैन तर  ‘लाइकेन’मा अनुसन्धान गरेका थियौं । वेलायतका एउटा कलेजसँग मिलेर अनुसन्धान गर्ने तयारी हुँदैछ ।

पुरस्कार दिइन्छ ?

उत्कृष्ट वायोटेक्ट स्टुडेन्ट, रिसर्च साइन्टिस्ट र इनस्पिरेसनल फिगर अवार्ड छन् । पोस्टर तथा निवन्धका लागि अवार्ड व्यवस्था गरेका छौं ।

न्अवार्ड छन् । पोस्टर तथा निवन्धका लागि अवार्ड व्यवस्था गरेका छौं ।

वीएसएनको मुख्य आएस्रोत के-के हुन् ?

साधारण तथा आजिवन सदस्य हुन । ३ देखि ४ हजार साधारण सदस्य छन् । आजीवन ५ सय छन् । त्यो बाहेक सम्मेलनमा विभिन्न संस्थाले सहयोग गर्दछन् ।

विदेशी संघ संस्थाबाट सहयोग लिएर काम गर्नु भएको छ ?

अहिलेसम्म छैन ।

युवा वैज्ञानिकलाईं अनुसन्धान गर्न पनि सिकाइन्छ ?

मुख्यतः युवा लक्षित काम नै हुन्छ । त्यस्तोमा अन्य संस्थासँग समन्वय गरेर अगाडि बढ्ने गरेको छ । युवाहरुको लागि नेपाल जर्नल अफ वायोटेक्नोलजी प्रकाशनमा ल्याएको छौं ।