अव नेवापसको आफ्नै भवन

२० मंसिर, ललितपुर– अर्थमन्त्री युवराज खतिवडाले नेपाल वातावरण पत्रकार समूह(नेवापस) ले निर्माण गर्न लागेको भवनको शिलान्यास गरेका छन्  ।

आगामी १० महिनाभित्र भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । एक करोड पचास लाख लगानीमा भवन निर्माण हुने  नेवापसले उल्लेख गरेको छ ।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले वातावरण संरक्षणमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए । ‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा वुझिनुपर्नेमा’ अर्भमन्त्री खतिवडाले जोड दिए ।

अर्थमन्त्री खतिवडाले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै, ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ’

नेवापसका अध्यक्ष कसमस विश्वकर्माले सरकारसँग नजिकमा रहेर वातावरण र विकासको मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको बताए ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तथा वातावरणविद्हरुको उपस्थिती थियो ।