नास्टद्वारा वैज्ञानिकहरुलाई सम्मान, कुलमान घिसिङलाई प्रविधि पुरस्कार (पूर्ण विवरणसमेत)

रिभोसाइन्स संवाददाता

यस वर्षको कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार तिलगंगा आँखा प्रतिष्ठानलाई दिइएको छ ।

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उत्कृष्ट वैज्ञानिक तथा प्राविधिज्ञलाई सम्मान गरेका छन् ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले ‘मुलुकका लागि वैज्ञानिकका भूमिका गहन छन्, तर नास्टले वितरण गरेका पुरस्कार कतिका उत्कृष्ट छन्, उनीहरुको योगदान आगामी दिनमा काम लाग्छ की लाग्दैन त्यसमा विचार गर्नु पर्नेमा जोड दिए ।

शिक्षा मन्त्री पोखरेलले पुरस्कृत हुनेलाई बधाई दिदै भने, ‘हाम्रा वैज्ञानिक संस्थाका वैज्ञानिक दश- पाँच बजेसम्म कार्यालयमा काम गरिरहेका छन्, भोलीका दिनमा यसरी जाँदा विज्ञानको विकास नहुने भन्दै त्यसलाई पुनमूल्यांकन गर्नु पर्नेछ ।’

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ‘नमूना वैज्ञानिक गाउँ,  नागरिकसँग नास्ट, विज्ञान संवादजस्ता कार्यक्रम अगाडि बढाएको’ बताए ।

राष्ट्रिय भवन अनुसन्धान केन्द्र स्थापना गरि भवन विकासमा थप आयाम थप्न लागिएको उपकुलपति श्रेष्ठले पुरस्कार वितरण समारोहमा उल्लेख गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रदान गरेको पुरस्कार कार्यक्रम २०७६, पुरस्कृतहरूको योगदान विवरण यस प्रकारका छन् ।

१. कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार

क. श्री तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं

योगदानः आँखाको मोतिबिन्दूको शल्यक्रियामा राखिने गुणस्तरीय र न्यून मूल्यको कृत्रिम लेन्स (Intraocular lens) उत्पादन गरी यसलाई विश्वव्यापी गराई महत्वपूर्ण योगदान पुर्‍याए वापत ।

२. विज्ञान पुरस्कार

क. डा. यादव कुमार देव भट्ट, नर्भिक इन्टरनेशनल हस्पिटल, काठमाडौं

योगदानः नेपालमा मुटु सम्बन्धी रोगको विना शल्यक्रिया उपचार गर्ने उच्चस्तरीय प्रविधिको शुरुआत, प्रवद्र्धन र विकास गरी योगदान पुर्‍याए वापत ।

३. प्रविधि पुरस्कार

क. ई. कुलमान घिसिङ, नेपाल विद्युत प्राधिकरण, काठमाडौं

योगदानः विद्युत आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङ्ग मुक्त बनाउन योगदान पुर्‍याए वापत ।

४. विज्ञान तथा प्रविधि युवा पुरस्कार

क. डा. अच्यूत अधिकारी, रशायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदानः आयुर्वेद विज्ञानमा प्रयोग हुने जडीबूटीबाट मधुमेह, मुटु रोग, कलेजो रोग र क्यान्सरजन्य रोगहरूको उपचारको लागि औषधी बन्न सक्ने क्षमता भएका रसायनहरूको पहिचान गरी योगदान पु¥याए वापत ।

ख. डा. सर्मीला तण्डुकार, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौं

योगदानः पानीजन्य रोगहरू र विशेषगरी बालबालिकामा लाग्ने पखाला रोगको विविध पक्षमाम अनुसन्धान गरी योगदान पुर्‍याए वापत ।

ग. डा. विष्णुप्रसाद गौतम, प्रदेश योजना आयोग, प्रदेश नं. ५, बुटबल

योगदानः कंक्रिटमा अल्काली सिलिका प्रतिक्रियाको कारणले गर्दा हुने असरहरू स्ट्रेसको कारण प्रभावित हुन्छन् भन्ने अनुसन्धानको लागि बहुआयामिक स्ट्रेस लगाउन मिल्ने परीक्षणको नयाँ विधि विकास गरी योगदान पुर्‍याए वापत ।

घ. डा. प्रद्युम्न महत क्षेत्री, अमृत क्याम्पस, त्रिभुवन विश्वविद्यालय

योगदानः Crystallography and Crystal Engineering  का क्षेत्रमा Mercury Halide  बाट बनेको Coordination Polymers यौगिकहरूको क्रिस्टलको एक आपसमा रूपान्तरण (Single-Crystalto-Single-Crystal Transformation) को विषयमा अनुसन्धान गरी योगदान पुर्‍याए वापत ।

ङ. डा. योगेन्द्र शाह, नेशनल जूनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर, काठमाडौं

योगदानः Multi-drug resistant  लाई Molecular  विधिबाट अनुन्धान गरी यस रोगको प्रशारण श्रृंखला (Transmission Dynamics)  गति पत्ता लगाई योगदान पु¥याए वापत ।

५. महिला विज्ञान तथा प्रविधि पुरस्कार

क. प्रा. डा. अर्मिला राजभण्डारी, रशायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदानः स्वदेशी प्रविधि प्रयोग गरी नेपालमै कम मूल्य पर्ने गरी क्लोराइड, ब्रोमाइड, आयोडाइड र सल्फाइड आयोन प्रभावग्राही इलेक्ट्रोड उपकरणहरू निर्माण गरी रशायन विश्लेषणमा योगदान पु¥याए वापत ।

६. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार

क. श्री बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल, भक्तपुर

योगदानः नेपालमा जैविक प्रविधिको प्रचार–प्रसार र विकास गर्न विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै यस सम्बन्धी प्रकाशनहरू गरी योगदान पुर्‍याए वापत ।

ख. श्री दिपेन्द्र पराजुली, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय

योगदानः भौतिक विज्ञानलाई आकर्षक अध्ययनको विषय बनाउन एवं युवाहरूमा यसका महत्तालाई उजागर गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी योगदान पुर्‍याए वापत ।

७. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

क. श्री गोपाल भण्डारी, साइन्स इन्फोटेक, कठमाडौं

योगदानः विज्ञान तथा प्रविधिका उपलब्धिमूलक, ज्ञानवर्द्धक एवं रोचक जानकारीहरूलाई नेपाली सरल भाषामा विद्युतीय माध्यम मार्फत सर्वसाधारणसम्म जानकारी प्रदान गरी योगदान पुर्‍याए वापत ।

८. विज्ञान शिक्षक पुरस्कार

क. श्री कपिलजंग पाण्डे, श्री तरुण माध्यमिक विद्यालय, बालाजु, काठमाडौं

योगदानः माध्यमिक विद्यालमा अध्यापन मार्फत विज्ञान तथा प्रविधि शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याए वापत ।

९. उत्कृष्ट विद्यार्थी पुरस्कार (विज्ञान)

क. श्री अविसेक चौधरी, काठमाडौं मोडेल सेकेण्डरी स्कूल, काठमाडौं

योगदानः माध्यमिक तहमा विज्ञान विषयमा छात्र तर्फबाट उत्कृष्ट अंक ल्याए वापत ।

ख. श्री अस्मिता जोशी, प्रसादी एकेडेमी सेकेण्डरी स्कूल, ललितपुर

योगदानः माध्यमिक तहमा विज्ञान विषयमा छात्रा तर्फबाट उत्कृष्ट अंक ल्याए वापत ।

ग. श्री निशा कुमारी चौधरी, हेटौंडा स्कूल अफ मेनेज्मेन्ट सेकेण्डरी स्कूल, मकवानपुर

योगदानः माध्यमिक तहमा विज्ञान विषयमा छात्रा तर्फबाट उत्कृष्ट अंक ल्याए वापत ।

१०. दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार

क. श्री समीक्षा कँडेल, सेन्ट जेभियर कलेज, काठमाडौं

योगदानः एचआईभी भाइरस विरूद्ध औषधी लिईरहेका रोगीको प्रतिरोधात्मक शक्ति तथा सहसंक्रमण एवं त्यस्ता औषधीहरू सेवन गर्ने व्यक्तिहरूको भाइरस विरूद्धको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

ख. श्री महेश लम्साल, जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

योगदानः लामखुट्टेको टोकाईबाट सर्ने र संक्रमणको हिसाबमा नेपालमा अझै पनि जोखिमपूर्ण रहेको डेंगु रोगको इम्युनोमोलिक्युलर विश्लेषण सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

११.फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार

क. श्री सपना घिमिरे, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

योगदानः बायोफोर्टिफाइड गहुँका जातहरूको दानामा हुने जिंक र फलामको मात्रा, दाना उत्पादन क्षमतामो विभिन्नता पार्ने तत्वहरूको अध्ययन तथा अधिक जिंक र फलाम उत्पादन गर्ने जातहरूको पहिचान सम्बन्धी स्नातकोत्तर शोधकार्य गरे वापत ।

१२. नबिल विज्ञान तथा प्रविधि पुरस्कार

क. प्रा. डा. परशुराम मिश्र, महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

योगदानः प्राध्यापनका साथै अनुसन्धान प्रयोगशाला स्थापना गर्नमा पहल गरी युवाहरूमा अनुसन्धानका अवसर सिर्जना गर्नुका अतिरिक्त Anti-microbial, Anti-Cancer, Pollution control का लागि Metal drug interaction  क्षेत्रमा अनुसन्धान गरी योगदान पु¥याए वापत ।

ख. प्रा. डा. विद्या श्रेष्ठ, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय

योगदानः काठमाडौं उपत्यकाका अस्पतालहरूमा Staphylococcus aureus  मुख्यत Methicillin resistant S. aureus (MRSA) को Phenotypic, Genotypic  गुण र Restriction Pattern को आधार तथा केही स्वास्थ्यकर्मीहरुको नाकमा रहेको MRSA  को गुणहरु मेल खाएको देखिएकोले ती जीवाणु अस्पताल भित्रै रही अस्पतालजन्य संक्रमण गरी रहेको तथ्य पत्ता लगाई यस सम्बन्धी पुस्तकहरू प्रकाशन गरी योगदान पुर्‍याए वापत ।

ग. डा. श्याम प्रकाश डुम्रे, एभरेष्ट इन्टरनेशनल क्लिनिक एण्ड रिसर्च सेन्टर, ललितपुर

योगदानः डेंगु रोग लागेको बिरामीलाई गम्भीर प्रकृतिको डेंगु हुन सक्ने वा नसक्ने निक्र्यौल शुरूवात अवस्थामा नै गर्न सकिने प्रविधि र यसको प्रतिरक्षा प्रणालीको अनुसन्धान गर्न उपयोगी स्टेम सेलमा आधारित “डेंगु मोडेल” को विकास गरी योगदान पु¥याए वापत ।

घ. डा. प्रतिभा पाण्डे, क्याटलिस्ट टेक्नोलोजी प्रा.लि., ललितपुर

योगदानः वायु शुद्धिकरण गर्ने सूक्ष्म पदार्थ र कम्प्युटर क्षमता अभिवृद्धि गर्ने प्रविधिको विकास गरी योगदान पुर्‍याए वापत ।

१३. भुवनेश्वर प्रविधि पुरस्कार

क. श्री इनोभेटिभ डिजाइन कन्सर्न प्रा.लि., ललितपुर

योगदानः भूकम्प प्रतिरोधात्मक, कम खर्चिलो तथा किफायती घर निर्माण प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याए वापत ।

१४ मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार

क. श्री जी सी रिसर्च एण्ड डेभलपमेन्ट, बुटबल, रुपन्देही

योगदानः इन्धनको विकल्पको रूपमा उपयोगी हुने क्ज्यह म्भखष्अभ को विकास गर्नमा योगदान पुर्‍याए वापत ।

१५. जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार

क. श्री इमेज एटलेयर, ललितपुर

योगदानः मठमन्दिरहरूलाई कलात्मकरूपमा निर्माण गर्ने धातुहरूको प्रयोग प्रविधिलाई समयसापेक्ष विकास तथा सुधार गरी विदेशमा समेत पहिचान गराउनमा योगदान पुर्‍याए वापत ।