रहस्यमयी ‘नोवल कोरनाभाइरस’

विश्वभरका जनतालाई सचेत गराउन विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘स्वास्थ्यमा आपतकालिन अवस्था घोषणा’ गरिसकेका छन् ।

लक्ष्मण डंगोल

‘नोवल कोरनाभाइरस’ चीनको हुवाये प्रान्तको वुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँदछ । यद्यपी, अहिलेसम्म नोवल कोरनाभाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।

फलस्वरुपः विश्वभरका जनतालाई सचेत गराउन विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘स्वास्थ्यमा आपतकालिन अवस्था घोषणा’ गरिसकेका छन् । यस परिदृष्यले विश्वभरका वैज्ञानिक समुदायलाई थप चुनौतीे खडा गरेको छ । विकसित मुलुकलेसमेत समाधान खोज्न नसकेका ‘२०१९ नोवल कोरनाभाइरस’ नेपालजस्तो अल्पविकसित मुलुकमा देखापरेमा हालत कस्तो होला भन्ने पेचिलो विषय देखिएको छ । नेपालमा भाइरसअनुसन्धान गर्ने विज्ञ तथा संस्थाको अवस्था कस्तो छ, एकिन पाइदैन ।

तर नेपाल सरकारले भाइरस देखिएमा उपचारका लागि उपत्यकामा सीमित अस्पताललाई तोकेको छ । तीन तहको संयन्त्र बनाएर तयारी गरेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.महेन्द्रप्रसाद श्रेष्ठले पत्रकारसम्मेलन मार्फत् बताएका छन् । सरकारले चीनमा कोरनाभाइरस संक्रमण रहेको क्षेत्रका नेपालीलाई सम्पर्क तथा स्वदेश ल्याउने व्यवस्था गर्ने जनाएको छ । नेपालका मुख्य सहरहरुमा स्वास्थ्य डेस्को स्थापना तथा आइसोलेसन् (पृथकीकरण) सहितका वेडसहितको अस्पताल व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

हालै अमेरिकाको कोलोराडोे विश्वविद्यालयकमा डेंगी तथा कोरना भाइरस समूहमा काम गरी फक्रिएका, त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागमा रिसर्च वैज्ञानिक रुपमा कार्यरत डा. अजितकुमार कर्ण भन्छन्, ‘नोवल कोरनाभाइरस नेपालमा देखिएमा ‘बीएसएल–३’ सुविधाको प्रयोगशाला चाहिन्छ ।’ ‘बीएसएल–३’ भनेको ‘तीन तहगत जैविकसुरक्षा कवज’ अपनाइएको प्रयोगशाला हो । यद्यपी क्यानाडाले चार तहगत जैविकसुरक्षा कवज अपनाएका प्रयोगशाला निर्धारण गरेको पाइन्छ । नेपालमा अधिकांस ‘बीएसएल–२’ स्तरका प्रयोगशालाहरू छन्, डा. अजितकुमार कर्ण बताउँछन् । कोलोराडो विश्वविद्यालयको ‘विएसएल–३’ ल्यावमा उनले काम गरिसका छन् । नेपालमा त्यस्ता सुविधाका प्रयोगशाला एकिन छैन भन्छन् विज्ञहरु ।

यद्यपी, नेपाल सरकार स्वास्थ्य विभाग अन्र्तगतका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ‘विएसएल–३’ मापदण्ड भएको ल्याब हो भन्छिन् निर्देशक डा. रुना झा । निर्देशक झाका अनुसार ‘विएसएल–३’ मापदण्ड अनुसारको तीनतहको जैविक सुरक्षा कवज अपनाइएको छ । अहिले ६ जनाले दैनिक काम गरिहेका छन् । प्रतिदिन दुई सय नमूना परिक्षण गर्न सकिन्छ ।’ यदि थप आवश्यक परेमा २४ घण्टा खटेर काम गर्न तथा जनशक्ति थप्न सकिन्छ,’ निर्देशक डा. झा भन्छिन् ।

यद्यपी, विज्ञहरू भने ‘यदि नेपालमा ‘नोवल कोरनाभाइरस’ फैलिहालेमा जनस्वास्थ्य प्रयोगशालाको जनशक्तिले प्रकोप नियन्त्रण गर्न सघाउ पु¥याउने अनुसन्धान गर्ने सामथ्र्य राख्न सक्दैन’ भन्छन् । ‘यदि नेपाली मानिसमा कोरोनाभाइरस देखियो भने चीनमा देखिएको नोबल कोरनाभाइरससँग ‘म्याच’ हुन्छ भन्ने छैन, फरक प्रकारका कोरना भाइरसमा अनुसन्धान गरेका वैज्ञानिक डा. कर्ण भन्छन्, ‘फरक प्रकृतिको देखिन सक्छ, भूगोल तथा वातावरण र रहन–सहनअनुसार भाइरसले गुण परिवर्तन गर्ने हुँदा त्यही भूगोलअनुसारको अध्ययनअनुसन्धान गर्नुपर्दछ ।’ तर नेपाल त्यो मानेमा—अत्यन्तै पछाडि छ । आवश्यक दक्ष–जनशक्ति पनि कम छन्,’ डा. कर्ण भन्छन्, ‘विश्वस्वास्थ्य संगठनले मान्यता दिएको ‘विएसएल–३’ मापदण्डका प्रयोगशाला नेपालमा छैन ।’ यसका लागि हामीले पहल गर्नु जरुरी छ । यसले भविष्यमा देखिने यस्ता जोखिम न्यूनीकरणमा सहजीकरण गर्न तथा थप खोज–अनुसन्धान गर्न सहज हुनेछ ।
विभिन्न सञ्चार माध्यमा आएको कुरा बचाउँ गर्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा थप अनुसन्धानको विषयमा सोचेको छैन भन्छिन् । यसबाट पनि स्पस्ट हुन्छ नेपाल सरकारको जनस्वास्थ्य प्रयोगशालाले उच्चकोटीको अनुसन्धान गर्ने सामथ्र्य राख्दैन । त्यसोत, एक निजी भाइरसमा अनुसन्धान गर्ने कम्पनीसँग ‘रियजेन्ट’ लिएको कुरा पत्रपत्रिकामा आएपनि, हाल भने त्यस्तो अवस्थामा प्रयोगशाला नरहेको निर्देशक डा. रुना झा बताछिन् ।

नोबल कोरना’को अवस्था
सन् २००३ मा देखा परेको सेभेर एक्यूट रेस्पिटरी सिन्ड्रम(एसएआरएस) संक्षेपमा ‘सार्स–भाइरस’ पनि अहिलेको ‘नोवल कोरनाभाइरस’ जस्तै नयाँ भाइरसका रुपमा देखा परेका थियो । त्यसबेला पनि त्राहीमाम जस्तै थिए, डा. कर्ण भन्छन्, ‘सुरुमा सार्स पनि जनावरमा देखा परेका थियो । त्यही भाइरस पछि मानिसमा देखापर्यो‍ ।’

त्यसबेला सार्सले चीनमा मात्र करीब ८ हजार मानिसलाई संक्रमण ग¥यो । विश्वका १७ देशका ७ सय ७४ मानिसको मृत्यु भयो । त्यसको तुलनामा यो भाइरसको फैलावट दर कम छ तर जनचासो वृद्धि अत्यन्त उच्च छ, डा. कर्ण भन्छन् ।

स्वास्थ्यसम्वन्धी जनचासो अभिवृद्धि व्यापक गराउँदा मानिसहरू स्वास्थ्यमा सजक हुन्छन् तर संक्रमण हुने आशंका मानिसहरू सामान्य रुघा लागेको अवस्थामा पनि अस्पताल धाइरहेका हुन्छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका डा. शेरबहादुर पुनले नागरिक दैनिक अनलाइनमा प्रकाशित ‘कोरना भाइरसको भ्रम’ लेखको आधारमा भन्ने हो भने, नोवल कोरना भाइरसले यतिखेर नेपालीजनमा भ्रम सिर्जना गरेको छ । उक्त लेखोटमा सामान्य रुघाखोखी वा नोवल कोरना भाइरस कुन हो—मानिसमा अन्योल देखिएको डा. पुनले उल्लेख गरेका छन् ।

यसैबीच, नोवल कोरनाभाइरस उत्पत्ति क्षेत्र वुहानबाट नेपाल आएको एक विद्यार्थीमा भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले पुष्ठी गरिसकेको छ । यद्यपी, नेपालमा देखिएको नोवल कोरनाभाइरस कुन प्रकृतिको हो सरकारले स्पष्ट खुलाएकाल छैनन् । यदि चीनमा देखिएको भाइरससँग मेल नहुने भाइरस हो भने त्यसमा सजकता अपनाउनु पर्ने विज्ञहरूको भनाइ छ ।
विश्वस्वास्थ्य संगठनको ‘नोवल कोरनाभाइरस परिस्थितिजन्य रिपोर्ट–१४’ अनुसार फेब्रुअरी–३, २०२० सम्म विश्वभर १७ हजार ३ सय ९१ जनालाई संक्रमित छन् । विश्वका २४ देशका सूचीमा नेपाल पनि परेको छ । नेपालमा अहिलेसम्म मानवीय क्षति भएको छैन । यद्यपी ढुक्कले बस्न सक्नु नहुने विज्ञहरू बताउँछन ।

अनुसन्धानको अवस्था
सन् २०१९को डिसेम्बर ३१ म कोरना भाइरस समूहअन्र्तगतकै नयाँ रुप ‘नोवल कोरनाभाइरस’ भन्ने विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूबाट पुष्टि भैसकेपछि विश्वका वैज्ञानिकहरू ‘यतिखेर नयाँ भ्याक्सिनको खोजीमा’ छन् । चीनमा देखा परेको भाइरसलाई फरक खालको न्यूमोनिया गराउने ‘२०१९ नोवल कोरनाभाइरस’ भनिएको छ । विश्वभर फैलनसक्ने अवस्था देखिएपछि विश्व स्वास्थ्य संगठलले आपतकालिन स्वास्थ्य संकटकाल घोषणा गरेंको थियो ।
यसैबीस नेपाल सरकारले पनि ‘नोवल कोरनाभाइरस’ नेपालमा प्रवेशमा रोग लगाउन सजकता अपनाउँदै आएका छन् । फलस्वरुपः चीनबाट फक्रिएको एक विरामी कोरनामा संक्रमण देखिएको थियो । उक्त विद्यार्थी उपचारपश्चात् निको भएर घर गएको सरकारले जानकारी गराएका छन् । यद्यपी तिनको निगरानी गरिएको छैन भन्छन् विज्ञहरु ।

त्यस्तै, प्र्रसिद्ध स्वास्थ्य वैज्ञानिक जर्नल ‘दि ल्यानसेट’ले सन् २०२० जेनेवरी३१मा गणितीय मोडलिङमा आधारित अनुसन्धानको लेख प्रकाशन गरेको छ । त्यसअनुसन्धानको आधारमा चीनमा मात्रै ७५ हजारलाई असर गरेको सम्भाव्यता अध्ययनले देखाएको उल्लेख गरेका छन् । ल्यानसेटले डिसेम्बर ३१, २०१९ देखि जेनेवरी १८, २०२०सम्ममा चीनमा भाइरसबाट संक्रमित तथ्यांकको आधारमा गणितीय मोडलिङ गरेको उल्लेख गरेका छन् ।

भाइरसको स्रोत
नोवल कोरनाभाइरसको स्रोत अहिलेसम्म अनुमाननै सीमित छ । वैज्ञानिकहरूले नोवल कोरनाभाइरस चमेरोबाट मानिसमा आएको अनुमान गर्छन् । ‘सार्स’ एक प्रकारको विरालो ‘सिवेट’ बाट आएको थियो । मर्स–कोरना भाइरस चमेरोबाट उटमा आएको थियो । त्यसबाट मानिसमा आएको थियो । तर त्यो पनि चमेराबाट मान्छे स¥यो की बीचमा अन्यबाट आयो त्यसको एकिन भैसकेको छैन । यद्यपी, जनावरबाट मानिसमा सर्ने हुनाले घरपालुवा कुकुर वा विरालोबाट सरेको भन्ने होइन, ‘डा. अजितकुमार कण भन्छन्,‘कतिपय मानिसमा जनावरबाट आएको भन्ने भ्रम फैलिएको छ । घरपालुवा जनावरबाट फैलिहाल्ने सम्भावना कम अनुसन्धानबाट देखिएको छ ।’
मानिसको ¥याल वा हाच्छिउँ गर्दा सर्ने ठानिए पनि पछिल्लो समय रोगी मानिसको संम्सर्गबाट सरेको पाइएको छ । जसका कारण चीनका हुवाए प्रान्तका मानिसलाई घरमै सेल्टर ‘घरभित्रै बस्न’ निर्देशन दिइएको छ । जसले आवत–जावत कम हुँदा भाइरस फैलावट दर कम हुनेछ ।

भाइरस ल्यावबाट बाहिरिन्छ ?
अमेरिकास्थित कोलोराडो स्टेट युनिभरसीटीमा अनुसन्धानताका डा. कर्णले जीका, मर्स, सार्स डेङ्गी, जापनीज इन्सेफ्लाइटिसमा अनुसन्धान गरेका बताउँछन् । त्योसँगै कोरना भाइरसमा पनि काम गरेको उनी बताउँछन् । उनको अनुसन्धानअनुभवले भन्छन,‘यही कोरना भाइरस नमूनाको अनुसन्धान नेपालमा गर्न सकिन्छ । यसकालागि जनावरमा परिक्षण गर्नुपर्छ । यस्ता भाइरस गाई र सुँगुरमा देखा परेमा झाडा पखाला हुन्छ । कुखुरामा स्वासप्रस्वासमा समस्या देखिन्छ ।
डा. कर्ण भन्छन्, ‘यदि त्यस्ता भाइरस एक देशबाट अर्को देशमा जाँदा क्षतिको अनुमान गर्न जनावरमा परिक्षण अनुसन्धान गरिन्छ । त्यसका लागि सम्वन्धित देशका प्रयोगशालमा काम गर्नुपर्दछ । यसअघि पनि नेपालमा कोरना भाइरस कुकुर र विरालोमा भेटिसकेका छन् । तर चीनको वुहानमा देखिएको ‘नोवल कोरनाभाइरस’ भने होइनन् भन्छन् डा. कर्ण ।

उनकाअनुसार प्रयोगशालामा पनि यस्ता भाइरस जनेटिक म्यानुपेलेसन गर्न सकिन्छ । त्यस्ता भाइरस विभिन्न संस्थासँगको सहकार्यमा हुन्छन् । जनावर मोडलमा गरिन्छ–अन्तर्राष्ट्रिय आउट व्रेक हुँदा भाइरसलाई मारेर ‘आरएनए÷डीएनए’ प्रयोगशालामा परिक्षण गरिन्छ । यद्यपी जानकारहरु ल्याबबाट बाहिर निस्कने सम्भावना हुन्छ भन्छन् । जनाकारअनुसार प्रायोगशालामा सजकता नअपनाउदा ‘स्मलपक्स भाइरस’ सोही प्रयोगशालामा अनुसन्धानरत विद्यार्थीमा सरेको पाइएको थियो । यसैकारण हाम्रा प्रयोगशालाहरु गुणस्तर हुन जरुरी छ विज्ञहरु । एक जानकार भन्छन्, ‘अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले जानीजानी त्यस्तो गर्दैन ।’ अहिले देखा परेको भाइरस
त्रिविमा अनुसन्धानरत वैज्ञानिक डा. अजितकुमार कर्ण ‘नोवल कोरनाभाइरस ल्यावबाट आएको होइन भन्छन् । यस्ता भाइरस प्राकृतिक रुपमा आउँछन् । विज्ञहरुअनुसार ‘चीनमा ठूलो मात्रामा जनावरहरू पाल्ने गरिन्छ । मानिसको संख्या पनि अत्याधिक छन् । त्यसले जनावरहरूमा विकसित भएको भाइरस मानिसमा सर्नसक्ने सम्भावना बढी हुनेछ ।’

कोरनाको अन्त्य ?
त्रिविका रिसर्च वैज्ञानिक डा. कर्ण भन्छन्, ‘कोरना भाइरसले क्षणभरमा ज्यान लिने भने होइनन् । भाइरसले मानिसको ज्यान लिन समय लाग्दछ । अनुसन्धानले पनि यसै भन्छ । उनी थप्छन्, ‘निश्चित समयपछि आफै हराएर जान सक्छ ।’

यस्तैभाइरस, पोर्टारिको र दक्षिण अमेरिका सन् २०१५–१६ मा देखिएको जीका भाइरस पनि निश्चित समयपछि कम हुँदै गएका थिए । अध्ययन अनुसन्धानले यस्ता निस्चित समयमा मात्र भाइरस प्रस्फुटन हुने गर्दछ । आफू बाच्ने अनुकुल नभएपछि विलुप्त हुन्छन् । त्यस्तै, ‘सार्स भाइरस’ फेब्रुअरी महिनामा फैलिएको थियो । मार्चभर मानिसलाई घरमै बस्नु भनियो । त्यो पनि पछि क्रमिक रुपमा घटेको पाइएको थियो । अन्तराष्ट्रिय वैज्ञानिकहरु भन्छन्, ‘नोवल कोरनाभाइरस पछि सामान्य भाइरसको रुपमा विकासित हुन्छन ।’ अहिले यसै भन्न सकिदैन, तर ‘एचवानएनवान फ्लू’ जस्तै सिजनल कोरनाफ्लूको रुपमा देखापरेको भाइरससरह ‘नोवल कोरनाभाइरस’ रहदा सामान्य हुनसक्छ । यद्यपी, नेपालले यस्ता भाइरस छिर्न नदिनु उत्तम देखिन्छ ।

(नागरिक परिवार फागुन अंकबाट सभार गरिएको हो । स‌ं‍‍)