कोभिड–१९ विरुद्ध ‘स्पूत्निक-भी’ पहिलो भ्याक्सिन

रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले ‘कोभिड-१९’ विरुद्धको पहिलो भ्याक्सिन तयार भएको जनाएको छ ।

करीब दुईमहिना अविधिदेखि ‘स्पूत्निक-भी’ नाम दिइएको भ्याक्सिन मानिसमा परिक्षण गरिदै आएको राष्ट्रपति पुटिनले उल्लेख गरेका छन् ।

स्पूत्निक भनेको अन्तरिक्षमा प्रक्षेपण गरिएको मानवद्वारा निर्मित पहिलो भू-उपग्रह हो । त्यसैको गौरवस्वरुप नामाकरण गरिएको उल्लेख छ ।

राष्ट्रपति पुटिनले भ्याक्सिन बनाउने सम्पूर्ण प्रकृया पार गरेको र पछिल्लो समय आफ्ना दुई छोरीलाई पनि उक्त भ्याक्सिन दिइएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेको छ ।

पुटिनले भ्याक्सिन दिएको केही समय उनको एक छोरीको शरीरको तापक्रम हल्का बढेको उल्लेख छ । तर भोलीपल्ट सामान्य अवस्थामा आएको थियो ।

विश्वभर एक सय भ्याक्सिन सुरुवाती अवस्थाका निर्माण प्रक्रियामा छन् । विश्वस्वास्थ्य संगठनको भ्याक्सिन विकासको सूचीमा हालसम्म ६ वटा भ्याक्सिन तेस्रो चरणमा प्रवेश गरेको जनाउँदै आएको छ ।

यद्यपी, रसियाले दावी गरेको ‘स्पुतनिक-भी’ विश्व स्वास्थ्य संगठनको सूची परेको थिएन । डल्लुएचको प्रवक्ता तरिक जसारेभिकले रसियाले हतारमा घोषणा गरेको भ्याक्सिनले जोखिम निम्त्याउने ‍औल्याएका छन् । कोभिड-१९ जटिल खालको रोग भएकोले सुरक्षित र किफायति उपचारमा विश्वास गर्नुपर्ने हुन्छ ।

रसियाको ज्ञमेले न्यासनल रिसर्च सेन्टरले स्पूत्निक-भी भ्याक्सिनलाई त्यहाँको स्वास्थ्य मन्त्रालयमा आधिकारिक रुपमा दर्ता गरिएको छ ।

उक्त भ्याक्सिन जनस्तरको पहुँचमा आगामी अक्टोबरमा आउने उल्लेख गरेको छ । रसियाले नयाँ भ्याक्सिन निर्माणको घोषणा गरेपछि पश्चिमा देशहरुले प्रश्न गरेका छन् ।