वैज्ञानिक कुरा व्यवास्ता गर्दा संक्रमित बढ्यो

यस माहामारीको बेला संसारमा तीन किसिमका दुश्मनहरु देखिएका छन्। ती दुश्मनहरुमा अशिक्षित व्यवहार, विज्ञानमा लापरवाही र युद्ध पर्दछन् ।

डा दिनेश भुजु,
प्राज्ञ नपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्ट

कोभिड-१९ एउटा बहु-आयामिक बिषय हो । यस बिषय भित्र, समाज, अर्थ र विज्ञान पर्दछन। यी सबै बिषयमा अहिलेको परिस्थितिमा हेर्ने हो भने कोभिड-१९ ले असर गरेको पाईन्छ।

समाजमा कोभिड-१९ ले निको भएका बिरामीहरुमा नराम्रो व्यहार गरेको पाइन्छ। यसका धेरै उदाहरण नेपालका बिभिन्न दैनिक, साप्तहिक पत्रपत्रिका, एफम रेडियो र टेलिभिजनमा पढ्न, सुन्न र देख्न पाइन्छ।

विज्ञान जसले बौद्धिक र व्यवहारिक गतिविधि अवलोकन गर्दछ । प्रयोगका माध्यमबाट शारीरिक, प्राकृतिक र व्यवहारको अवस्थितिलाई अध्ययनमा समाहित गर्दछ। यस्तो बिषयलाई नेपालमा उच्च प्राथमिकतामा राख्नुको विपरित तल्लो स्तरमा राखिएको छ।

डा. एन्थोनी फौसी,  संयुक्त राज्य अमेरिकाको राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थान निर्देशक हुनुहुन्छन् । उहाँलाई संसारले चिन्छन् । उनकाअनुसार यस माहामारीको बेला संसारमा तीन किसिमका दुश्मनहरु देखिएका छन्। ती दुश्मनहरुमा अशिक्षित व्यवहार, विज्ञानमा लापरवाही र युद्ध पर्दछन् ।

जुन–जुन देशले यी तीन कुरालाई वास्ता गर्दैनन्‌, त्यस देशमा ‘कोभिड-१९’ को माहामारीलाई नियन्त्रण गर्न सक्तैनन्‌। अशिक्षाको कारण वा उचित शिक्षाको अभावमा मानिसहरूमा कोरोना ‘भाइरस-२’को आक्रमण भइरहेका छन्।

उदाहरणका लागि ब्राजिलले ‘कोभिड-१९’लाई हल्का रूपमा लिएको थियो। त्यसबेला ब्राजिलका राष्ट्रपतिले एक पटक भनेका थिए, यो एक प्रकारको फ्लू जस्तो हो। फ्लुले जस्तै हाँछिउ, खोकी र ज्वरोजस्ता समान लक्षणहरू हुन्छन् । उनले स्वतः निको हुन्छ भने । पछि उनी आफै कोरोना भाईरसको मुखमा पुगेर बचे ।  यो सब लापरवाही वा अशिक्षाले गर्दा भएको हो।

त्यस्तै विज्ञान जस्लेगर्दा ‘मोडर्न टेक्नोलोजि’मा हामी प्रवेश गरेका छौ।  विज्ञानले ‘कोभिड-१९’को बारेमा नगर्नु भनेको कुरा गरेमा वा हेलचेक्राई गरेमा यसलाई एकाअर्काबीचमा फैलनबाट कसैले पनि रोक्न सक्दैन भनेका छन् । त्यसैको आधारमा समाजमा गतिविधि भएका छन् ।

ब्राजिलका जनताले लकडाउन उलङ्घन गरेका थिए, जसको फलस्वरुप कोरोनाको संक्रमण चाडै बिस्तार व्यापक भयो । अहिले एक लाख एक्काईस हजार भन्दा बढिको मृत्यु भइसकेको छ। यसकारण पनि विज्ञानका उपलब्धिलाई नकार्न मिल्दैन।

डा फौसीले कोभिड-१९ माहामारीलाई युद्ध रुपमा लिनु पर्ने बताउँछन् । यसले मानव सभ्यतामा चुनौति दिएको छ। मानव सभ्यतामाथि प्रश्‍नहरु खडा गरेका छन् ।

दुर्भाग्यबस अमेरिका, ब्राजिल, इण्डोनेसिया र नेपालजस्ता देशको नीति निर्माताले उनीहरू आफैंमा काम गरिरहेछन् जसअनुसार त्यस्तै कष्ट भोग्दै छन् । उनीहरूले न कुनै विज्ञ वा ज्ञातासग परामर्शलाई अक्षरस पालन गरेको छ । गरेको केवल आफूखुशी काम गरेर—जनताको स्वास्थ्यमा खेलवाड गरेका छन्‌ ।

नेपालमा पहिलो घटना २१ जनवरी २०२० मा पुष्टि भयो । ९ जनवरी, २०२० मा चीनको वुहानबाट काठमाडौं फर्केका ३१ बर्षीय विद्यार्थीलाई ‘पोजेटिभ’ देखियो । यो दक्षिण एसियामा कोभिड-१९ को पहिलो रेकर्ड गरिएको केस हो।

पौष र माघको बीचमा, नेपालले कोभिडको प्रकोप रोक्नका लागि आवश्यक तयारी, उपकरण र औषधि खरिद, स्वास्थ्य पूर्वाधारको स्तरोन्नती, स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण र जनचेतना फैलाउने कदम चालिएको थियो। तर प्रभावकारी काम हुन सकेन । जसले स्थानिय स्तरमा संक्रमण फैलिसकेका छन् ।

स्थानीयस्तरको संक्रमणको पहिलो केस चैतमा कैलाली जिल्लामा पुष्टि भयो । नेपालमा पहिलो मृत्यु २०७७ जेष्ठ १ मा भयो। सरकारले देशव्यापी लकडाउन करिब पाँच महिनासम्म गर्‍यो ।

भाद्र उन्‍नाइसको विहानसम्म ‘कोभिड-१९’ पोजेटिभ भएकाहरु हजार भन्‍दा बढि संख्यामा देखिनुले संक्रमणको दर उच्च हुँदैगएको छ। यसरी दिन–प्रति–दिन संक्रमण दर बढ्दै जाने हो भने छिट्टै हामी तेस्रो चरणमा पुग्नेछौं । यसलाई राज्यले विज्ञान प्रविधिलाई कम बजेट र प्राथमिकता राखेको उपज नै हो ।

(नेपाल विज्ञान पत्रकार समाजले साइन्टिस्ट जर्नालिस्ट इन्टरफेसः साइन्स जर्नालिजम् डीयूरिङ कोभिड-१९ प्यान्डमिक कार्यक्रममा मन्तव्यको सम्पादीत अंशः)