मंगल ग्रहमा तीन नयाँ ताल भेटियो, जीव हुनसक्ने सम्भावना बढ्याे

मंगल ग्रहमा तीनवटा नयाँ ताल भेटिएपछि जीव हुने सक्ने संम्भावना बढेर गएको वैज्ञानिहरुले बताएका छन् ।

विश्वराज गौतम

नासाले गरेको पछिल्लो खोजले मंगलग्रहमा तीन वटा नयाँ ताल भटिएको जनाएको छ । मंगल ग्रहमा पानीको खोज र मानव बसोबासको सम्भावना अध्ययन नासा, इएसए जस्ता विभिन्न स्पेस एजेन्सिले अध्ययन गर्दाै आइरहेका छन् ।

दुई २ बर्ष पहिले सन् २०१८ मा मंग्रल ग्रहको दक्षिणी गोलाद्र्धमा पानीको ताल खोजि भएसँगै मंगल ग्रहमा खोजी भैरहेको नासाले बताउँदै आएको थियो ।

गत हप्ता २८ सेप्टेम्बरमा प्रसिद्ध वैज्ञानिक पत्रिका ‘नेचर एस्ट्रोनोमी’ले प्रकाशित गरेको एक सोधमा मंगल ग्रहमा पानीको तीन ताल पत्ता लगाएको तथ्य प्रकाशित गरेका थियो ।

वैज्ञानिकहरुले मंगलग्रहमा पानी हुन सक्ने यसअधि पनि सोधकै आधारमा थाहा पाएका थिए । अहिले आएर ताल भेटिनुले थप जिवन रहन सक्ने तथ्या फेला परेको छ । भनिन्छ, ‘ब्रह्माण्डमा पानी विना जीवनको अस्तित्व सम्भव हुँदैन । पानी मानिसका लागि जीवित रहने एक आधार हो । मानव शरीरमा करिब ७० प्रतिशत पानी रहेको वैज्ञानिक अध्ययनले देखाइसकेको छ ।’

सोधकर्ताहरुका अनुसार यूरोपियन स्पेस एजेन्सीको मंगल ग्रह परियोजना अन्र्तत मंगललाई परिक्रमा गर्ने मार्स एक्सप्रेस नामक भूउपग्रह रेडाार डाटा बिधिबाट उक्त अवलोकन गरेको थियो ।

सन् २०१२ देखी २०१५ सम्म २९ वटा अवलोकलनले मंगल ग्रहमा पहिलो नूनीलो पानीको ताल रहेको तथ्य बाहिर लागेको थियो । साथै, यसै सेटेलाइट ले २०१२ देखि २०१९ सम्म लिएका १३४ वटा रेडार तथ्याङ्कबाट पुरानै स्थानमा हाल तीन वटा ताल पत्ता लागेको हो ।

अस्ट्रेलियाका स्वीस बर्न यूनिभर्सिटिका सहायक प्रोफेसर एलन डफिलले यो सोधको प्रसंसा गरेकोछ । प्रोफेसर एलन डफिलले यसबाट मंगल ग्रहमा जीवनको अस्तित्व रहेको सम्भावना बढेको बताएका छन् ।

नासाद्धारा मंगल ग्रहमा पढाइएको रिसर्च रोबाटले सन् २०१२ मा त्यहाँको चट्टानको अवलोकन गर्दा ३ अरब बर्ष पुरानो कार्बोनिक अणु पाइएको थियो । यसबाट यो सिद्ध हुन्छ कि मंगल ग्रह कुनै पानीको प्रसस्त स्रोत रहेको र जीवन पनी सम्भब थियो ।

यस अवलोकनको जानकारी दिँदै यस सोधका सह–लेखक तथा यूनिभर्सिटि अफ रोम का खगोल बैज्ञानिक इलेना पेटिनेलियाले यो जटिल प्रकिया भएको बताएका छन् । यही समूहले मार्स एक्सप्रेसमा मार्स एड्भान्स राडर फर सबसर्फेस एण्ड आयोनोस्पेयर साउन्डिङ् (मार्सिस) नामक राडर यन्त्रको प्रयोग गरेको थियो ।

मार्सिसबाट निस्केको रेडियो तरङ्ग मंगल ग्रहको सतहमा ठोक्किएर फर्किएपछि उक्त स्थानमा पानी, चट्टान वा बरफ जस्तो बस्तु रहेको राडर इमेजिङ् मा देखिएको थियो । यस्तै तरीकाले पृथ्वीको भित्री स्थानमा खनीज तथा पेट्रोलियम रहेको छ वा छैन भनेर अनुसन्धान गरिन्छ ।

अनुसन्धानकोक्रममा मंगल ग्रहको ताल भएको स्थानमा रेडियो तरङ्ग बढि मात्रामा परावर्तन भएपछि एक किलोमिटर भन्दा मुनीको सतहमा बरफले ढाकिएको पानीको संकेत प्राप्त भएको थियो । वैज्ञानिकहरुका अनुसार केन्द्रमा स्थित ३० किमि चौडा ताललाई ३ वटा केहि किलोमिटर चौडा तालहरुले घेरेको छन् ।

मंगल ग्रहमा वायुमण्डलको चाप कम रहेकोले तरल अवस्थामा पानी पाउन कठिन रहेको छ । त्यसैले तरल पानीको स्रोत पाउनलाई नुनको मात्रा बढि हुनुपर्ने हुन्छ ।

समुद्रमा पानीको पाँच गुणासम्म जीवन सम्भब हुने र बीस गुणा भन्दा बढि रहेमा जीवको अस्तित्व नरहने मोन्टाना स्टेट युनिभर्सिटिका वातावरण बैज्ञानिक जोन प्रिस्लु बताउँछन् ।

वैज्ञानिकहरुकाअनुसार यो सोध राडरको तस्वीर बाट प्राप्त तथ्यमा आधिरित छ, तर यसबाट पूर्ण रुपमा पानी नै हो भनेर भन्न सकिँदैन । त्यसैले यो तथ्य विवादित पनि छ ।

भनिन्छ उक्सुकता नै विज्ञानको जननी हो । यसै उक्सुक्ताले थप अनुसन्धनमा उर्जा थपेको छ र बैज्ञानिक अझ यो तथ्यमा आवस्यक पजलका अंश पुरा गर्न लागि परेका छन् ।