चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्किन सफल

काठमाडौं । चाङ्ग-अ फाइभ अन्तरिक्ष यानले चन्द्रमाको सतहको धुलो र केही साना चट्टान लिएर फर्किएको छ । चीनले गत डिसेम्बर २ गते चन्द्रमामा उक्त यान अवतरण गर्न सफल गरेको थियो ।

हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरिएको यान बिहीवार (स्थानीय समय अनुसार १:३० बजे) मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

पछिल्लो समय चीनका वैज्ञानिकहरुको चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर थप अनुसन्धान गर्ने रहेको छ ।

चन्द्रसतहमा अवतरण गरेको उक्त अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यस वरपरबाट स-सना चट्टानहरू सङ्कलन गरेर फर्किएको थियो । यानमा राडर, फोटो तथा भिडियो खिच्नमिल्ने क्यामरा जडान गरिएको थियो।

ल्यान्डरले सङ्कलन गरेको नमूनालाई चन्द्रमाको कक्षमा घुमिरहेको अर्का यान असेन्डरमा पठाएर त्यसलाई पृथ्वीमा ल्याइएको हो।

सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो चन्द्र यान भएको दावी गरिएको बीबीसीले जनाएको छ ।