साना आकाशगंगाहरुको अध्ययनबाट रहस्यमयी ‘काला पदार्थ’का बारे थप प्रकाश पार्‍यो

हाम्रो ब्रह्माण्डमा एउटा रहस्यमय पदार्थको हावी छ, जसलाई काला पदार्थ (Dark Matter) भनेर चिनिन्छ। यस काला पदार्थको नामबाटै कतिपय कुराहरु स्पस्ट हुन्छन । किनभने, यस्ता पदार्थ ब्रमाण्डमा ९५ प्रतिशत छ्न् ।

यस्ता पदार्थले प्रकाशलाई शोष्ने वा परावर्तन गर्ने गर्देनन् । विद्युतीय चुम्वकीय विकिरण पनि उत्सर्जन गर्दैनन् । यसैकारण यसलाई वृस्तित रुपमा पत्ता लगाउन कठिन कार्य भएको छ ।

हालै टोहोकू विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीले स्टेलर काइनाम्याटिक्स (stellar kinematics) अर्थात् अन्तरिक्षमा तराहरुको गति मापन र अवलोकन गरेर हाम्रो ब्रम्माण्डका साना आकाशगंगाहरुमा छरिएका काला पदार्थको क्षमता अनुसन्धान गरेको छ ।

“हामीले पत्ता लगाएका काला पदार्थको क्षमता निकै साना भएकाले यस आधारमा त्यस्ता पदार्थ सजिलै छरिएरसँगै बस्दैन,” अध्ययनकर्ता टोलीका प्रमुख प्राध्यापक कोहेइ हायाशी भन्छन् ।

अनुसन्धानकर्ता हायाशीका अनुसार धेरैजसो काला पदार्थ रहस्यमयी छन्,  तर परमाणु भौतिकशास्त्रदेखि खगोल विज्ञानको सैद्भान्तिक तथा प्रयोगात्मक अनुसन्धानबाट त्यस्ता पदार्थको वर्णन थोर-थोरै रुपमा बढ्दै गएको छ ।

अधिक काला पदार्थका बारे वेखबर छन् तर एक महत्वपूर्ण ‘सेल्फ-इन्टरयाक्टिङ डार्क म्याटर’ सिद्धान्त अनुसार आसपासका काला पदार्थ अनुसरण गर्न सकिन्छ ।

त्यस सिद्धान्तका आधारमा, सारमा आकाशगंगाको केन्द्रमा यस्ता काला पदार्थको वितरणको घनत्व अति कम छन्, किनभने यिनीहरु स्वत छरिएका काला पदार्थ हुन ।

यद्यपी, एक विशाल तारा सूपर नोभा विष्फोटनले आफ्नो आयु समाप्तीको नजिक पुर्‍याउँदछ, यसैले अति कम मात्रामा छरिएको हुनसक्छ । त्यसकारण, सुपरनोभा विस्फोटन वा काला पदार्थ आफ्नो स्वरुपका कारण अति कम घनत्वमा रहने भन्ने छुट्याउन चुनौतिपूर्ण हुन्छ ।

त्यसको निर्कोल गर्न, अनुसन्धानकर्ता हायशीको समूहले कम उज्यालो भएका, पुरानो आकांशगंगा, काला पदार्थ हावी भएको, फलाम तत्व कम भएको र कम रसायनिक तत्व उत्पत्ति भएको ‘अल्ट्रा-फेन्ट ड्वार्फ ग्यालेक्सी’ मा अध्ययन केन्द्रित गरिएको थियो । उनीहरुले त्यहाँ सूपरनोभा विस्फोटनको प्रभावलाई कम गरेर अनुसन्धान गर्दा केही ताराहरु मात्र रहेको पाइएको छ ।

यस अनुसन्धानबाट आकाशगंगाको केन्द्रीय भागमा काला पदार्थको धनत्व पाइएको छ । यस विधिले ‘सेल्फ इन्टरयाक्ट्रिङ डार्क म्याटर’को सिद्धान्तमा आधारित अध्ययन थप चुनौतिपूर्ण भएको अनुसन्धानकर्ताहरुले प्रेस विज्ञ्यप्तीमा उल्लेख गरेका छन् ।

माथिको चित्रमा देखाइए अनुसार तुलनात्मक रुपमा साना र कम प्रकाशमान बाम आकाशगंगा सेगूइको केन्द्रमा अधिक काला पदार्थ केन्द्रित भएको पत्ता लागेको अनुसन्धानमा उल्लेख छ । उक्त अध्ययनले आकाशगंगाको केन्द्रमा छरिएका काला पदार्थको सीमित पाइएको छ ।

अनुसन्धानकर्ता हायशी भन्छन्, “सेल्फ-फेन्ट ड्वार्फ ग्यालेक्सी’मा काला पदार्थको अवस्था जान्न हाल भएका काला पदार्थमा आधारित सिद्धान्त ‘स्टेलर काइनाम्याटिक्स’ कतिको प्रयोगसिद्ध छन् भनेर हाम्रो अध्ययनले थप उजागर गरेको छ।”