अन्ततः हिन्द महासागरमा खस्यो चीनको भग्नावशेष रकेट

काठमाडौं । हालसम्मै ठूलो मानिएको रकेटको भग्नावशेष माल्दिभ्सको समुन्द्री टापुमा खसेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ । आइतबार विहानी समयमा हिन्द महासागरको दक्षिण क्षेत्र माल्दिभ्समा खसेको थियो ।

लङ्ग मार्च-५ बी रकेट गत मार्च महिनामा नयाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र निर्माणका लागि प्रक्षेपण गरिएको थियो । सो रकेटले ट्याङगङ्ग अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र निर्माणको मूख्य इन्जिन बोकेको थियो ।

तर अन्तरिक्षमा प्रवेश पश्चात् भग्नावेशमा परिवर्तन भएको थियो । सो भग्नावशेष पृथ्वी आइपुग्नु अगावै जलेको चीनका अन्तरिक्ष संस्थाले उल्लेख गरेको छ ।

करीब २३ टन वजन भएको उक्त रकेट चीनका अन्तरिक्ष वैज्ञानिकहरुले मोनिटरिङ गर्दै आएका थिए ।

चीनका अन्तरिक्ष संस्थाका अनुसार सो भक्नावशेष मनिटरिङको क्रममा पृथ्वीको वायुमण्डलमा छिर्नेक्रममा भूमध्य सागरको आकाशहुँदै हिन्द महासागरको दक्षिणी भेग माल्दिभ्सका समन्द्री टापूमा खसेको छ ।

माल्दिभ्समा ११९० समुन्द्री टापू छन् । तीमध्य कहाँ खसेको एकिनसाथ भनिएको छैन तरपनि पृथ्वीको ७२.४७ देशान्तर र २.६५ उत्तरी अक्षांशमा खसेको उल्लेख गरेको छ ।