चीनको ‘जुरोङ रोभर’ मंगलग्रहमा सफल अवतरण

चीनको ‘जुरोङ रोबर’ मंगलग्रहमा सफल अवतरण गरेको छ । सो रोभरले करीब सात महिना अन्तरिक्षमा यात्रा तय गरेपश्चात सफल अवतरण गरेको चाइना न्याशनल स्पेश एडमिनिस्ट्रेसन (सीएनएसए)ले जनाएको छ ।

सो क्रममा जुरोङले करीब तीन महिना मंगलग्रहको परिक्रमा  गरेको थियो । मंगलग्रहको वायुमण्डलबाट सतहमा अवतरण गर्दा वायुको गति तेज हुने हुँदा जुरोङले करीब ९ मिनेट जोखिमको सामना गर्नु परेको उल्लेख छ ।

‘जु रोङ’ भनेको चीनको पौराणिक आगो र लडाईको देउता नाम हो । छ चक्के जुरोङ रोबर मंगलग्रहको उत्तरी गोलार्द्ध युटोपिया प्लेनेशियामा अवतरण गरिएको छ ।

अमेरिका पछि चीन मंगलग्रहमा रोभर अवतरण गर्ने दोस्रो मुलुक बनेको छ । यस अघिका रोभरले मंगल सतहमा सामान्य स्पर्श गरेर अवतरण ‘सफ्ट ल्याण्डिङ’ गरेको थियो । तर ‘जु रोङ’ मंगल सतहमा पूर्णरुपमा अवतरण भएको सिएनएसएले जनाएको छ ।

अवको ३ महिना जुरोङले मंगल ग्रहको सतह तथा वातावरणको सूचना पृथ्वीमा पठाउने छ । पृथ्वीदेखि मंगलग्रह दुरी करीब ३२ करोड किलोमिटर टाढा छ । त्यहाँबाट रेडियो आवृति पृथ्वीसम्म आइपुग्न करीब २० मिनेट लाग्नेछ ।