बाह्र हजार वर्षअघि चीनबाट सुरु भयो गाँजा खेती

रिभोसाइन्स संवाददाता

गाँजा खेतीको शुरुवात करिब १२ हजार वर्षअघि चीनबाट सुरु भएको नयाँ अनुसन्धानले देखाएको छ । विश्वभरबाट प्राप्त भएको गाँजाको जिनोम विश्लेषणले नयाँ तथ्य फेला पारेको हो ।

एडभान्स साइन्समा शुक्रबार प्रकाशित नयाँ अध्ययनले लामो समयदेखि मध्य एशियाबाट गाँजाको खेति शुरु भएको भन्दै गरिदै आएको विश्वासलाई खण्डन गरेको छ । कानुनी प्रतिबन्धको कारण अन्य बालीहरुको विभिन्न प्रजातिहरुको अध्ययनको तुलनामा गाँजाको अध्ययन निकै कम रहेको उल्लेख छ ।

तर पछिल्लो समयमा राष्ट्र संघले पनि औषधि र अनुसन्धान प्रयोजनका लागि गाँजा खुला गर्ने प्रस्ताव पारित गरिसकेको छ । नेपालमा पनि गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गरिएको छ ।

अनुसन्धानदाताहरुले जंगलमा भेटिए, स्थानीय रुपमा आफै उम्रिएका, खेतिको विरुद्ध र भाङ र औषधिको रुपमा आधुनिक वर्णाशंकरका बिरुवाहरु १ सय १० वटा पूर्ण जिनोमलाई एकीकरण गरिएको थियो । अध्ययनले ‘घरेलु उत्पादनको उत्पत्ति, घरेलु उत्पादनपछि देखिने भिन्नताको प्राकृति र हालको अनुवंशिक विविधताको’ पहिचान गरिएको बताइएको छ ।

‘नवपाषण (ढुङ्गे) युगको शुरुवातमा पूर्वी एशियामा पहिलो पटक जाँगाको बोट लगाएको देखिन्छ र सबैमाको परम्परागत जीन हाल चीनमा रहेको जंगली र स्थानीय विरुवाहरुसँग मेल खान्छ’ अध्ययन भनिएको छ । हालसम्म गाँजा मध्य एशियाबाट यसलाई खेति शुरु गरिएको विश्वास गरिदै आएको थियो ।

हाल लगाइदै आएको गाँजा बसल गाँजाको परिवर्तित रुपमा भएको जिनोम अध्ययनले देखाएको छ । अहिले चीनको जंगलमा पाइने गाँजामा हाल लगाइदै आएको गाँजाको वंशज भएको अध्ययनले देखाएको छ । शताब्दीऔंदेखि गाँजालाई कपडा बनाउन र औषधि तथा मनोविनोदका लागि प्रयोग गरिदै आएको छ ।

शताब्दीऔंदेखि बहुउदेश्यीयक प्रयोगका लागि खेति हुँदै आएको गाँजाको जिनोम विकासक्रमले देखाएको छ । करिव ४ हजार वर्षदेखि रेसा र भाङ बढी उत्पादनका गर्नका लागि हालको उच्च विशेतषायुक्त भाङ र औषधिको छनौट शुरु भएको अध्ययन देखिएको छ ।

रेसाका लागि ठूलो बोट हुने भाङ लगाउन थालिएको साथै औषधिका लागि धेरै रेसा भएको साना गाँजाको बोट लगाउन लागिएको थियो ।

लुसाने विश्वविद्यालयका लुका फुमागल्लीको नेतृत्वमा भएको यो अध्ययनमा लागि बेलायत, चीन, भारत, पाकिस्तान, कतार र स्वीट्जरल्यान्डको वैज्ञानिकहरुसहितको सहभागिता रहेको थियो ।