अमेजनका संस्थापक जेफसँगै अन्य तीनले लिए अन्तरिक्ष उडान अनुभव

तस्विर: WSJ

अमेरिकाका अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोससँगै अन्य तीन जनाले अन्तरिक्षको उडान गरेका छन् ।

यो यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षको पूर्व पाइलट वेली फङ्क र १८ वर्षका विद्यार्थी ओलविर डायमेन पनि गएका थिए । यी सबै १० मिनेट १० सेकेन्डमा प्यारासुटको सहयोगमा पृथ्वीमा आएका थिए । योसँगै वेली अन्तरीक्ष जाने सबैभन्दा बढी उमेरकी महिला र ओलविर सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन् ।

आफ्नो यात्राको विषयमा बेजोसले भने, ‘अन्तरीक्ष यात्री बेजोसको सबैभन्दा राम्रो दिन!’ यी सबै मानिस बेजोसको कम्पनी ब्लु ओरिजनकको अन्तरीक्ष यात्र न्यु सेफर्डबाट यात्रा गरेका थिए । ब्लु सेफर्डकी अन्तरीक्ष पर्यटनलाई विस्तार गर्ने उद्देश्यले डिजाइन गरिएको हो । न्यु सेफर्डमा धेरै ठूलो ठूलो झ्यालहरु छन् । अन्तरीक्ष यात्रा गर्ने यात्रीहरुले पृथ्वीको सुन्तरता दृश्य राम्रोसँग हेर्न सकोस भनेर बनाएको हो ।

न्यु सेफर्डले नेपाली समयअनुसार मंगलबार साझ ६ बजेर ४५ मिनेटको केही समयपछि अमेरिकाको टेक्ससबाट उडान भरेको थियो । यसलाई बेजोसको निजी प्रक्षेपण साइट बेन हर्नबाट एउटा रकेटको माध्यमबाट प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण गरेको दुई मिनेटमै यान रकेटबाट अलग भयो र एक सय किलोमिटरमाथि अन्तरिक्षमा पुग्यो । त्यहाँ पुग्ने वित्तिकै यानमा सवार सबै अन्तरीक्ष यात्राको मुखबाट ‘वाउ!’ भनेको सुनियो । सबै खुशीले चिच्याए । चार मिनेट गुरुत्वाकर्षकको शुन्य अनुभव चार यात्रीले करिब चार मिनेटसम्म कुनै पनि भार विहीन अवस्थाको अनुभव गरे । उनीहरुले आफ्नो सिट बेल्ट खेलेर र हावामा तैरिएको अनुभव लिए । त्यसपछि निकै टाढा देखिएको पृथ्वी हेरेर आनन्द लिए ।

यो यात्रामा रहेकी वेली फङ्क सन् १९६० को दशकमा मर्करी १३ को नामको महिलाहरुको त्यो समूहकी अंश थिइन । जसलाई पुरुष अन्तरीक्ष यात्रीको जस्तो परीक्षण र स्क्रिनिङ प्रक्रिया पार गरेकी थिइन् तर अन्तरीक्षमा जाने अवसर भने पाइनन् ।

अर्बपतिहरुको अन्तरीक्ष प्रतिस्पर्धा न्यु सेफर्डको प्रक्षेपण अर्बपतिको अन्तरीक्ष प्रतिस्पर्धाको पछिल्लो उदारहण मानिन्छ । जेफ बेजोसले यो उडानको एक साताअघि मात्रै अर्बपति व्यापारी रिचर्ड ब्रेनसनले सफल उडान गरेका थिए । सर रिचर्ड ब्रेनसनको भर्जिन गेलेक्टिकको रकेट प्लेन अन्तरीक्षको अन्त्यसम्म पुग्ने सफल भएको गियो ।

गत साता प्रकाशित एउटा अन्तर्वार्तामा बेनसनले जेफ बेजोसलाई जित्न आवश्यक छैन । उनले बेजोसलाई मित्रवत सल्लाह दिएका थिए । उनले भनेका थिए, ‘अन्तरीक्षबाट बाहिरको दृश्य हेर्नुहोस । यो जीन्दगीमा एक पटक मात्रै प्राप्त हुने मौका हो ।’

भर्जिन गेलेक्टिकको रकेट प्लेनमा एक पटक यात्रा गरेको आममानिसले साढे २ लाख डलरसम्म खर्च गर्नु पर्ने हुन्छ । न्यु सेफर्डको टिकटको मूल्य अहिलेसम्म तोकिएको छैन । जेफ बेजोस विश्वको सबैभन्दा धनी मध्येका एक हुन् ।

सन् २००० मा उनले आफ्नो कम्पनी ब्लु ओरिजिन शुरु गरेका थिए । गत महिना मात्रै उनले यो उडानको विषय घोषणा गरेका थिए । उनले आफु र उनको भाइ यो यात्रामा जाने बताएका थिए ।

जेफ बेजोसका ५३ वर्षिया भाई मार्क एक विज्ञापन कम्पनीका संस्थापक हुने र न्युयोर्कस्थित परोपकारी कम्पनी रविन हुडमा सनियर भाइस प्रेसिडेन्ट छन् । त्यसैगरी १८ वर्षका ओलिवर डायनेम वित्तीय कम्पनी सोमरसेट क्यापिटल्सका पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत जोएस डायमेनका छोरा हुन् ।