अमेरिकाले भन्यो, ‘निजी प्रयासले अन्तरिक्ष उडान गरेका अर्बपतिहरु अन्तरिक्ष यात्री होइनन्’

तस्वीर: WSJ

अमेरिकाले आफ्नो नियममा परिवर्तन गर्दै निजी प्रयासले अन्तरिक्षमा पुगेका अर्बपतिहरु ‘अन्तरिक्ष यात्री’ नभएको जनाएको छ । यसलाई केही अर्बपतिहरुको अन्तरिक्ष चाहार्ने सपनामा चिसो पानी खन्याएको छ ।

नयाँ संघीय उड्डयन प्रशासन (एफएए)को नियमअनुसार अन्तरिक्ष यात्री हुनका लागि उडाको चालक दलको सदस्य वा अन्तरीक्ष उडानको सुरक्षामा योगदान गरेको व्यक्ति हुनुपर्ने बताएको छ । यसको अर्थ जेफ बेजोस र सर रिचार्ड ब्रानसन अमेरिकी सरकारको आँखामा अन्तरिक्षयात्री होइनन् ।

सन् २००४ को एफएएले व्यवसायी अन्तरिक्षयात्री कार्यक्रम शुरु गरेपछि पहिलो पटक परिवर्तन गरिएको हो । एफएएले परिमार्जिक निमयको यो घोषणा मंगलबार गरेको हो । त्यसैदिन बेजोस आफ्नो ब्लु ओरिजिनको रकेट चढेर अन्तरीक्षमा पुगेका थिए ।

व्यवासायी अन्तरिक्षयात्री हुनका लागि पृथ्वीको सतहबाट ८० किलोमिटरमाथि पुगेको हुनुपर्छ । बेजोस र ब्रान्सन दुवैले त्यति दूरी पार गरेका थिए । त्यस उचाई पार्नुका साथ ‘सार्वजनिक सुरक्षा वा अन्तर्राष्ट्रिय उडानको सुरक्षामा योगदान गरेको हुनुपर्छ’ अन्तरिक्षयात्री सम्बन्धी नयाँ नियममा भनिएको छ । यस्तो गणनाको निश्चित भनेको एफएएका अधिकारीहरुले गर्ने छन् ।

विज्ञप्तिमा एफएएले यस्तो परिवर्तन व्यवसायीक अन्तरिक्ष उडानको समयमा बढीभन्दा बढी सुरक्षित बनाउनका लागि गरिएको जनाएको छ । जुलाई ११का दिन सर रिचार्ड भर्जिन गलाक्टिकको यानबाट अन्तरीक्षमा पुगेका थिए । अर्को वर्षबाट व्यवसायीक उडान गर्न योजनामा रहेका उनी यानको परीक्षणमा गएका थिए ।

बेजोस र अन्य तीन जना पनि ब्लु ओरिजनको यानबाट अन्तरीक्षमा पुगेका थिए । ब्लु ओरिजिन बेजोसको कम्पनी हो ।