तोहोकु विश्वविद्यालयले सुरुवात गर्‍यो ‘हरित अभियान’

जापानस्थित तोहोकु विश्वविद्यालयले विस्तृतखालका नयाँ ‘हरित अभियान’ घोषणा गरेको छ । जसमा हरित प्रविधि विकास गर्ने, स्वच्च वातावरण प्रवर्द्धन र सामाजिक नवीनतालाई बढावा दिने समावेश छन् ।

तोहोकु विश्वविद्यालयले आफ्नो क्याम्पस् हातामा सन् २०४० सम्ममा कार्बन तटस्थता प्राप्त गर्ने लक्ष्य लिएको छ ।

तोहोकु विश्वविद्यालयका अध्यक्ष हिदेव ओह्नो र को-क्रियसनका  विपत्ति पुनर्संरचना र पुनः निर्माणको कार्यकारी उपाध्यक्ष केइची सासाकीले मिडियामाझ आफ्नो नयाँ हरित लक्ष्यको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

तोहोकु विश्वविद्यालयका अध्यक्ष हिदेव ओह्नोले वातावरणलाई स्वास्च्छ राख्न मद्दत मिले अभियान भनेको हरित प्रविधि विकास गर्ने, स्वच्च वातावरण प्रवर्द्धन र सामाजिक नवीनतालाई बढवा दिने बताए । उनले यस किसिमका पहल विश्वविद्यालले पहिलो पटक अप्रिलमा सुरुवात गरेको उल्लेख गरे ।

यसले विश्वविद्यालको अनुसन्धान क्षमता, विस्तृत अन्तर्राष्ट्रिय नेटवर्क, प्रकोप न्यूनीकरण र नवीन समाधानहरूको अनुभवको उपयोग गरेर वातावरण स्वच्छ राख्न मद्दत पुग्ने उल्लेख छ ।

यस परियोजनाले संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्य (एसडीजी) लाई प्रोत्साहन तथा अनुसन्धानलाई सहयोग पुग्ने जनाएका छन् ।