पृथ्वीबाटै अन्तरिक्षका कचरालाई ट्रयाकिङ् गर्न सकिने

युकेका एक स्टार्टअप कम्पनी लुमी स्पेशले ‘जमिनमा आधारित लेजर ट्रयाकिङ् प्रणाली’ नवितम प्रविधि विकास गरेको छ । जसले अन्तरिक्षमा भएका भग्नावशेषलाई संकलन गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

युरोपियन स्पेश एजेन्सी(इसिए) र युके स्पेश एजेन्सीको सहयोगमा उक्त कम्पनीले विकसित गरेको नवितम प्रविधिको प्रयोगशालामा सफल परिक्षण गरिएको छ ।

लुमी स्पेशका अनुसार यस प्रविधिले सेन्टिमिटरसम्मको साना कचरालाई पनि ट्रयाकिङ गरि संकलन गर्न सक्ने छन् ।

प्रयोगशालामा सफल परिक्षण पश्चात् अव त्यसलाई पहिलो पटक अन्तरिक्षमा भएको भूउपग्रह प्रणालीसँग परिक्षण गर्न लागिएको छ ।

यसले वायुमण्डल तल्लो तहमा रहेका कचरा संकलन गर्न सक्ने छ । छिट्टैनै विश्वभर लेजर ट्रयाकिङ स्टेशनको सञ्जाल निर्माण गरिने इएसएलेले जनाएको छ ।

लुमी स्पेसका संस्थापक निर्देशक हिरा विर्डीले ‘यसको प्रमुख काम भनेको अन्तरिक्षमा वस्तूहरु कहाँ-कहाँ छन् त्यसलाई खोजेर संकलन गर्ने हो ।’

TAGS: