डीजो स्मार्ट घडी अब नेपालमा

–रिभोसाइन्स संवाददाता

काठमाडौं । डीजोका स्मार्ट घडी नेपालमा लन्च गरेका छन् । घडीसँगै डीजो स्टार ३००, डीजो स्टार ५००, गोपड्स र गोपड्स डी पनि बजारमा ल्याएको छ ।

पछिल्ला डीजोका सबै उत्पादहरु एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडीले ‘एन्ड्रोइड’ र ‘आईओएस’लाई सपोर्ट गर्नेछ ।
डीजोको चार वटा प्रमुख उत्पादनमा स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमा ध्यान दिइएको उल्लेख छ ।

कम्पनीले डीजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० मा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ ।

अर्को मोडल स्टार ५०० प्रिमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।

डीजो स्टार ३०० को मूल्य रु २०७८, डीजो स्टार ५०० को मूल्य रु २८७८, गोपड्सको मूल्य रु ६०६९, गोपड्स डीको मूल्य रु २८९९ र स्मार्ट घडीको मूल्य रु ६४६४ रहेको वितरक पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेडले जनाएको छ ।