‘द बिग क्लाइम्ब नेपाल २०२२’ शुभारम्भ

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै सगरमाथा आधार शिविर (५,३०० मि.) सम्म एघार दिने पैदल यात्रा ‘द बिग क्लाइम्ब नेपाल २०२२’ शुभारम्भ भएको छ ।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको अवसरमा आयोजित पदयात्राको क्रममा हिमाली आदिवासी समुदायले भोग्दै आएका समस्या तथा चुनौतीबारे सचेतना जगाउने संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोले जनाएको छ ।

युनेस्का काठमाडौँ र द बिग क्लाइम्ब नेपालका प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूसँग छलफल गरी सगरमाथा क्षेत्रका हिमाली समुदायको जनजीवनबारे थप जानकारी लिनेछ ।

यस यात्रामा द बिग क्लाइम्ब अभियानका संस्थापक टिम च्यालेन, नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्ट, नेपाली महिला धावक मिरा तथा माउन्टेन पार्टनरसीप एम्बासडर, सालोमन एथलेट, र नेसनल जियोग्राफीको सन् २०१७ की साहसी वर्ष व्यक्ति मिरा राई तथा सरकारी प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

सन् २०२२ मा विश्व सम्पदा महासन्धीको पचासौँ वर्ष मनाइरहँदाको अवस्थामा दिगो विकासलाई यथार्थमा परिणत गर्न अबको पचास वर्ष स्थानीय मानिसको आवाज महत्वपूर्ण हुनुपर्ने नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्टले बताए । क्रोफ्टले सगरमाथाको अद्भूत आश्चर्य हेर्ने अपेक्षासहित हामी हाम्रा साझेदारहरूसँग आरोहण गर्दैछौँ । त्यसअवसरमा सबैभन्दा बढी हामी उनीहरुको कुरा सुन्नेँ र सिक्ने उनले बताए ।

‘सगरमाथा राष्टिय निकुञ्ज विश्व सम्पदा क्षेत्र (सगरमाथा शिखर) लाई विश्वले स्मारक, गन्तव्य र चुनौतीलगायत विभिन्न तरिकाले सम्झिएको हुन्छ । यो एउटा सिंगो घर र संस्कृति हो,’ क्राफ्ट भने ।

सन् १९७९ मा युनेस्काले सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । सगमाथा राष्ट्रिय निकुञज दिगो पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्रमा पछिल्लो समय जलवायु परिवर्तनका कारण यसले विभिन्न चुनौतीहरूको सामना गर्नु परेको छ ।

द बिग क्लाइम्बका टिम च्यालेनले नैरोबीमा हातहतियारसहित चोरीको घटनामा गोली लागेर घाइते भएपछि भरखरका महिला तथा पुरुषहरूलाई लिएर हिमाल आरोहणको नेतृत्व गरेको बताए ।

द बिग क्लाइम्ब नेपालका प्रमुख गाइड नोर्बु शेर्पाले विश्वको तेस्रो अग्लो चुचुरोको काखमा जन्मिएकै कारण हिमालय पर्वत श्रृंखलाप्रति मोह तथा सम्मान भएको बताए । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमचुचुराहरू चढिसकेका छन् ।