राष्ट्रिय युवा विज्ञान सम्मेलन हुने

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । आगामी भाद्र ३० गते हुने सम्मेलनमा सहभागी हुन १३ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी हुनु पर्नेछ ।

नासोका अनुसार पहिलो चरणको कार्यक्रम भाद्र १३ देखि १६ गतेसम्म अनलाइन मार्फत् सञ्चालन गर्नेछ । र, दोस्रो चरणमा भाद्र ३० गते भौतिक उपस्थितिमा सञ्चालन हुनेछ ।

भाद्र ३० गते हुने सम्मेलनमा सहभागी हुन पहिले विद्यार्थीहरुलाई अनलाइन मार्फत् वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुति कार्यशालामा सहभागी गराइने नासोले जनाएको छ ।

‘लर्निङ फर फयुचर’ अर्थात् ‘भविष्यको लागि सिकाई’ रहेको यस वर्ष सम्मेलनको विषयवस्तु रहेको नासोको अध्यक्ष सुरेश भट्टराईले बताए ।

नासोका अध्यक्ष भट्टराईका अनुसार सम्मेलनसँग सम्बन्धित रहेर सहभागीहरुले गरेका वैज्ञानिक कार्य वा  तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्न सक्नेछ।

सम्मेलनमा सहभागीका लागि आवेदन दिने अन्तिम मिति भाद्र ८ गते सम्म रहेको छ ।