त्रिचन्द्र क्याम्पसको पहिलो महिला प्रमुख बनिन् ‘प्राडा निलम श्रेष्ठ’

काठकाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा प्राडा निलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुख नियुक्ती भएकी छिन् । कलेजको १०६ वर्षे इतिहासमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक क्याम्पस प्रमुख महिला नियुक्ती गरेको हो ।

उनी नेपाल भौतिक विज्ञान समाजका पनि पहिलो महिला अध्यक्ष हुन् । विगतमा उनले त्रि-चन्द्र क्याम्पस भौतिक शास्त्र विभागको विभागीय प्रमुख समालेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालय त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक रहदा आफूले रचन्नात्मक भूमिका निर्वाह गरेअनुसार त्रिविले क्याम्पस प्रमुखको जिम्मेवारी दिएको नवनियुक्त प्रमुख श्रेष्ठले रिभोसाइन्सलाई बताइन् । उनको नियुक्ति चार वर्ष रहेको छ ।

‘त्रिचन्द्रमा विभिन्न प्रकारका समस्या छन् त्यसको समाधान गर्दै कलेजमा अध्ययन, अध्यापन र अनुसन्धानको संस्कृति स्थापना गर्ने लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘अव कलेज पूर्णरुपमा शैक्षिक तथा अनुसन्धानको हब बन्नेछ ।’