अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

काठमाडौं । चीनको राजधानी बेइजिङमा कार्तिक २० देखि २८ सम्म भएको २७औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले कास्य पदक प्राप्त गरेका छन्।

प्रतियोगितामा नेपालका तर्फबाट महर्जनसहित तीन विद्यार्थीहरु सहभागी थिए । विद्यार्थी छनोट तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन भूमिका नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खेल्दै आइरहेको छ। सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले ‘सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागि हुँदै आइरहेको, ’ बताए । नेपालले यस अघि सन् २०१९ मा पहिलो पटक कास्य पदक जितेको थियो । 

नेपाली विद्यार्थी सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा भाग लिदै आएको छ । ‘हालसम्म नेपालका लागि १२ अनरेबल मेन्सन अवार्ड तथा १ कास्य पदक हात परेको, ’ नासोको अध्यक्ष भट्टराईले रिभोसाइन्सलाई बताए

नासोले सन् २०१४ बाट राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सञ्चालन गर्दै आइरहेको छ । सन् २०२३ का लागि राष्ट्रिय ओलिम्पियाडबाट छनोटमा परेका पाँच विद्यार्थीहरुले २७ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा भाग लिएका थिए ।

सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीहरुले ३ अनरेबल मेन्सन अवार्ड हात परेका छन् । योसंगै नेपालले जम्मा ३ कास्य पदक तथा १५ अनरेबल मेन्सन अवार्ड प्राप्त गरेको छ ।