एआइ मोडलको प्रयोगले मौसम प्रक्षेपण

भुवनेश्वर, स्रोतः नेचर इन्डया

भारत- आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)-आधारित मोडेलले उत्तरपूर्वी भारतमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।

वैज्ञानिकहरुका अनुसार एआइको प्रयोगले मौसम प्रक्षेपण गर्दा तीन दिन अघिसम्म सटीक देखिएको छ । बाढी ग्रस्त क्षेत्र मानिने भारतको आसाममा एआइको प्रयोगद्वारा मौसम पूर्वानुमानको अनुसन्धान भारतीय वैज्ञानिकले गरेका थिए । 

नेचर इन्डियामा प्रकाशित रिसर्च हाइलाइटका अनुसार एआइ मोडेलले करीब ९६ घण्टा अगावै वर्षा हुने सम्भावना ८० प्रतिशत मिलाएको उल्लेख छ ।

सन्दीप पटनायकको नेतृत्वमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी भुवनेश्वरका वैज्ञानिकहरूले उत्तरपूर्वी भारतको आसाममा भारी वर्षाको पूर्वानुमान सुधार गर्न पारम्परिक गतिशील मोडेलमा एआइलाई एकीकृत गरेका थिए। त्यस क्षेत्रमा जुन २०२२ र २०२३ मा विनाशकारी बाढी गएको थियो।

भारत मौसम विभाग (आइएमडी)  र अन्य मौसम एजेन्सीहरूले पूर्वानुमानको लागि ‘डाइनामिकल मोडेल’ प्रयोग गर्छन्। यस मोडलले करिब ३८% सही हुने गरेको छ । यसरी कम प्रतिशत मिल्नुमा त्यस क्षेत्रको भौगलिक जटिलताको बुझाइमा कमजोर हुनुको कारण भएको जनाएको छ।

अनुसन्धानको क्रममा वैज्ञानिकहरुले अत्याधिक वर्षा पहिचान गर्न एउट आफ्नै मोडल ‘यू-नेट’ विकास गरेका थिए । त्यो एउटा ‘डिप लर्निङ मोडेल’ थियो—जसले वर्षाको तीव्रतालाई हल्कादेखि अत्याधिक भारीसम्म वर्गीकरण गर्न सक्थें ।

यस मोडलले आसाम राज्यका सम्पूर्ण भू-भागका विभिन्न किसिमका मौसमी परिवर्तन रेकर्ड गरेको थियो । अनुसन्धानले पहिलेका डेटा र अहिले प्रयोगमा ल्याएका मोडलका डेटा मिलेको पाइयो । जसले एआइ विधिले मौसम प्रक्षेपणमा सघाउ पुगेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

यस अनुसन्धानका दौरान एआइ मोडलमा २०२२ जुन १५-१९ सम्मको भारी वर्षाका घट्नाहरुको तथ्याङ्कका साथ तालिम दिइएको थियो।

त्यसपश्चात् एआइ मोडलले १५० मिलिमिटर प्रतिदिन भन्दा बढी वर्षाको बारेमा ७२ घण्टा अगाबै बारपेटा, कामरुप, कोक्राझार र नलबारी जिल्लाहरुमा उच्च जोखिम क्षेत्र पहिचान गरेका छन् ।

(नेचर इन्डियाको सहयोगमा)