सामाजिक सञ्जाल फेसबुकमा समस्या

काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’ समस्या आएको छ ।

मंगलबार बेलुकी करिब सवा ९ बजे वेब सर्भर ‘डाउन’ भएपछि फेसबुक चल्न छाडेको हो ।

संसारभर एकैसाथ फेसबुक नचलेपछि प्रयोगकर्ताहरु अन्योल भएका थिए। समाजिक सञ्जाल फेसबुकसँगै म्यासेन्जर र इन्स्टाग्राममा पनि समस्या आएका छन्। 

प्रयोगकर्ताले चलिरहेको खाता स्वत लगआउट भएको थियो ।