वैज्ञानिक प्राडा मुकेश कुमार चालिसे सम्मानित

काठमाडौँ । प्राणीशास्त्री प्राडा मुकेश कुमार चालिसे धनवज्र बज्राचार्य शोध सम्मानद्वारा सम्मानित भएका छन् ।

प्राणीशास्त्र तथा विज्ञान साहित्यमा सोधात्मक क्रियामा चार दशक बिताएका उनलाई ‘धनवज्र बज्राचार्य शोध सम्मान’ शीर्षकमा सम्मानित गरेको हो । उनलाई लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा इतिहासविद् डा. त्रिरत्न मानन्धरले सम्मान-पत्र प्रदान गरेका थिए ।

धनवज्र वज्राचार्यलाई नेपालका विशिष्ट विद्वान, मूर्धन्य इतिहासविद्, विख्यात संस्कृतज्ञ तथा लिपिविज्ञ प्रज्ञापुरुष रुपमा चिनिदै आएको छ । धनवज्र बज्राचार्यको ९३ ‌औँ स्मृति सभाको अवसरमा संस्कृतिविद् प्राडा जगदिशचन्द्र रेग्मी, नयनाथ पौडेल र प्रकाशचन्द्र ओस्तीलगायत व्यक्तित्वहरु सम्मानित भएका थिए ।

त्यस्तै, प्राध्यापक चालिसेले विज्ञान तथा साहित्यको क्षेत्रमा एक दर्जन पुस्तक प्रकाशन गरेका छन् । नेपालका बन्यजन्तु भाग – ४,  पाका मान्छेका कुरा,  डाँडाका उज्याला जून र मैले छिचोलेका कुइनेटा उनका पछिल्ला पुस्तकहरू हुन् ।