‘डिएनए डे मनाइने’

काठमाडौँ। बायोटेक्नोलोजी सोसाइटी अफ् नेपाल (विएसएनले) नेपालमा ‘ डिएनए डे’ मनाइने भएको छ ।

अप्रिल २५ अर्थात् नेपाली पात्रो अनुसार वैशाख १३ गते ‘अन्तर्राष्ट्रिय डिएनए डे’ पर्दछ । सो अवसरमा विगत एक दशकदेखि नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी विएसएनले ‘डिएनए डे’ मनाउँदै आएको छ ।

विएसएनका अनुसार राष्ट्रिय रूपमा मनाउन ‘राष्ट्रिय डिएनए डे’को रूपमा प्रस्ताव गरिएको छ । ‘जलवायु परिवर्तनका लागि जैविकप्रविधि’ यस वर्षको नारा तय गरिएको छ ।

‘हामीले यस वर्ष जलवायु परिवर्तनसँग जुध्न बायोटेक्नोलोजी भूमिका महत्त्वपूर्ण हुन्छ भनेर सरोकारवाला निकायहरूलाई झकझकाउन खोजेका छौँ, ’ विएसएनका अध्यक्ष नविन नारायन मुनंकर्मीले भने, ‘मानवीय जीवनमा बायोटेक्नोलोजी उपयोगिता र जलवायु परिवर्तनसँगको सम्बन्ध अगामी कार्यक्रमहरूमा उजागर गरिनेछ ।’

विएसएनका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),  जैविकप्रविधि केन्द्रीय विभाग-त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय लगायतसँग सहकार्य गरी मनाउन लागिएको छ ।

कार्यक्रममा प्राज्ञ, वैज्ञानिक, विद्यार्थी, नवप्रवर्तन तथा उद्यमशीलताको क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा नास्ट सभाहलमा सञ्चालने हुने आयोजकले जनाएको छ ।