कृषि विकास रणनीति बनाउँदै वालिङ

तस्बिर: आधिखोला मिडिया

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराइको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको हो ।

वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले गाउँ गाउँमा रहेको उर्वर भूमि बसाइसराइका कारण बाँझो हुने अवस्थामा पुगेको बताए । उनले भने,”कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाइसराइ रोकिने उहाँको भनाई छ ।”

प्रमुख खाँणका अनुसार कृषिमा मिहिनेत अनुसारको उत्पादन नहुँदा कृषक पेसाबाटै पलायन भएको छ। गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाई छ ।

कुन जमिनमा कस्ता खालका खेती गर्ने भन्ने स्पष्ट खाका बनाउन पनि मद्दत मिल्ने बताइएको छ । यस दीर्घकालीन कृषि विकास योजना तथा रणनीति बनाउन हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा गरिने नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए।

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिति सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए। वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाई छ ।

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितिको आवश्यकता र महत्वका बारेमा जानकारी गराएका थिए ।

कृषि विकास योजना र रणनीति निर्माण भए पश्चात् नगरपालिकाले कृषि र पशुपालनमा काम गर्न सहज हुने विज्ञ डा. रामचन्द्र बस्ताकोटीको भनाई छ । उनले भने, “काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

×