नयाँ खोज: कोशिकाहरूले टाढासम्म ‘महसुस’ गर्न सक्ने क्षमता पत्ता लाग्यो

सेंट लुइस, अमेरिका । वाशिङ्टन विश्वविद्यालयका इन्जिनियरहरूले कोशिकाहरूको संवेदन क्षमताबारे नयाँ तथ्य पत्ता लगाएका छन । यसले क्यान्सरको फैलावट बुझ्न र रोक्न सहयोग पुर्‍याउने सम्भावना देखिएको छ।

पीयनएएस नामक प्रतिष्ठित वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, सामान्य एपिथेलियल कोशिकाहरू (जुन शरीरको सतहमा पाइन्छन्) समूहमा काम गर्दा १०० माइक्रोन टाढासम्मको वातावरण ‘महसुस’ गर्न सक्ने क्षमता राख्दछन्। यसअघि, अनुसन्धानकर्ताहरूले असामान्य कोशिकाहरूले १० माइक्रोनसम्म महसुस गर्न सक्ने देखाएका थिए।

मेककेल्भी स्कूल अफ इन्जिनियरिङका प्राध्यापक अमित पाठक भन्छन्, “डेप्थ मेकानो-सेंसिङ नामक प्रक्रियाबाट कोशिकाहरूले आफू टाँसिएको सतहभन्दा तलको तहको कठोरता बुझ्न सकिन्छ।” 

“यस प्रक्रियामा कोशिकाले कोलाजेन नामक फाइबरलाई विकृत पार्दै अगाडिको तहको कठोरता महसुस गर्छ । जसले क्यान्सर कोशिकालाई ट्युमरबाट बाहिर निस्कन र शरीरभरि फैलिन मद्दत गर्छ,” उनले भने ।

पाठक र पीएचडी विद्यार्थी होङशेङ युले संयुक्त रूपमा तयार पारेको मोडेल अनुसार, कोशिकाहरू दुई चरणमा काम गर्छन्। पहिलो क्लस्टरिङ र दोस्रो माइग्रेशन, जसले क्लस्टरिङको क्रममा कोशिकाले महसुस गरेको वातावरणले तिनीहरूको फैलावटलाई प्रभाव पार्छ।

अनुसन्धानकर्ताहरूको भनाइ अनुसार, यदि क्यान्सर कोशिकाले अगाडिको वातावरण ‘महसुस’ गर्न नसक्ने भएमा, तिनीहरूको फैलावट रोक्न सकिन्छ। 

आगामी चरणमा, वैज्ञानिकहरू यस्तो संवेदन क्षमताको नियमन गर्ने तत्वहरू पहिचान गर्ने प्रयासमा छन्, जुन भविष्यमा क्यान्सर उपचारको लक्ष्य बन्न सक्छ।

कोशिकाहरूको सामूहिक संवेदन क्षमताले क्यान्सरको जटिल गतिशीलता बुझ्न नयाँ ढोका खोलिदिएको  निष्कर्ष निकालेका छन् ।अबको चुनौती भनेको कोशिकाका संवेदन क्षमतालाई नियन्त्रण गर्ने उपाय खोज्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

×