
काठमाडौं, पौष ३० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच बुधबार तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ।
बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेको थियो। सम्झौता अनुसार बैंकले संस्थाका कर्मचारीहरूलाई तलबी बचत खाता सञ्चालन गर्ने, पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने तथा अन्य बैंकिङ सेवासुविधा प्रदान गर्नेछ।
कार्यक्रममा संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप-कार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल, रामकुमार थापा, ब्रान्च अपरेसन विभाग प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभाग प्रमुख भोलानाथ पौडेल लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय वाणिज्य बैंकले हाल देशभरका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

Leave a Reply