|
Getting your Trinity Audio player ready…
|

दिक्तेल, खोटाङ, वैशाख ०५ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकार “वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३” मा आफ्नो सहभागिता जनाएका छन् ।
हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँग सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म ‘विज्ञान प्रदर्शनी’ आयोजना गरिएको हो ।
यी ब्रान्डहरूले नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धता जनाउँदै प्रदर्शनीमार्फत विद्यार्थी, युवा तथा विज्ञानप्रेमीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेका छन्।
विशेषगरी विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायातबारे जनचेतना फैलाउने उद्देश्य रहेको छ। सहभागीहरूले ईभी प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै भविष्यको यातायात प्रणालीबारे जानकारी हासिल गर्न सक्नेछन्।
प्रदर्शनीमा अत्याधुनिक सवारीसाधन आइकारकाको प्रत्यक्ष अवलोकन गरिरहेको एसपीजी अटोमोबाइल्स विराटनगर शाखाका सिनियर सेल्स म्यानेजर धिरेन्द्र प्रधानले बताए । उनका अनुसार दिक्तेलमा पहिलो पटक आइकार डिस्प्ले गराउँदा स्थानीय तथा काठमाडौंबाट आएका गाडीको पारखीहरु थप आकर्षित भएको छ । नेपालमा ५० लाख ९९ हजार विक्रीवितरण भैइरहेको यस ‘स्पोटी कार’ अफरोडमा सजिलाई कुदाउन सकिने प्रधानले बताए ।
ग्राहकहरूको दीर्घकालीन विश्वास सुनिश्चित गर्न यी ब्रान्डहरूले ११ वर्षसम्मको विस्तारित वारन्टी सुविधा प्रस्तुत गरेका छन्। यसअन्तर्गत ब्याट्री वारन्टी ११ वर्ष वा २,४०,००० किलोमिटर (जुन पहिले हुन्छ) र मोटर वारन्टी ११ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले हुन्छ) रहनेछ। यो सुविधा नेपालकै इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।
हाल देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरसहित द्रुत गतिमा विस्तार भइरहेको बिक्री तथा चार्जिङ पूर्वाधार नेटवर्कमार्फत ओमोडा, जेकु र आइकारले नेपालमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउँदै लगेका छन्।

Leave a Reply