|
Getting your Trinity Audio player ready…
|

ताइपेई, वैशाख ८ । ताइवानका अनुसन्धानकर्ताहरूले पुनः प्रयोग गरिएको पोलिस्टर कसरी अर्थतन्त्रभित्र बग्छ भन्ने नयाँ विधि विकास गरेका छन्, जसले उच्च मूल्यका उद्योगहरूलाई दिगो सामग्रीको माग बढाउन लुकेका अवसरहरू देखाएको छ।
रिसोर्सेस, कन्जरभेसन एण्ड रिसाइक्लिनमा प्रकाशित अध्ययनले ‘आइओ-एमएफए मोडेल’ प्रयोग गरेर उद्योगबिचको वित्तीय कारोबारलाई पुनः प्रयोग गरिएका प्लास्टिकको भौतिक प्रवाहसँग जोडेको छ।
सन् २०१३ देखि २०२२ सम्मको ताइवानको औद्योगिक तथ्याङ्क विश्लेषण गर्दा अधिकांश पुनः प्रयोग गरिएको पोलिस्टर कम नाफा हुने आधारभूत धागो र कपडा उत्पादनका क्षेत्रहरूमा प्रयोग भएको पाइएको छ।
तर अनुसन्धानले देखाएअनुसार उच्च मूल्यका उद्योगहरूले प्रत्यक्ष रूपमा पुनः प्रयोग गरिएको प्लास्टिक किन्न नसके पनि उनीहरूको उत्पादनमा ठुलो मात्रामा “एम्बेडेड” पुनः प्रयोग सामग्री समावेश हुनेछ। यी अप्रत्यक्ष सम्बन्धहरू परम्परागत प्रतिवेदनमा नपाइएका कारण धेरै कम्पनीहरू आफ्नो भूमिकाबारे अनभिज्ञ रहन्छन् अनुसन्धानमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले सरकारलाई उत्पादनमा न्यूनतम प्रतिशत पुनः प्रयोग सामग्री अनिवार्य गर्न सहयोगी “मार्केट पुल” नीतिहरू ल्याउन सुझाव दिएका छन् । यसले उच्च मूल्यका ब्रान्डहरूलाई आपूर्तिकर्ताबाट पुनः प्रयोग सामग्री माग गर्न प्रेरित गर्नेछ र आपूर्ति शृङ्खलाभर प्रविधि सुधार ल्याउनेछ।
“यो अनुसन्धानले जटिल आर्थिक प्रणालीभित्र लुकेका सामग्री प्रवाहहरू उजागर गर्छ,” राष्ट्रिय ताइवान विश्वविद्यालयको ग्राजुएट इन्स्टिच्युट अफ इन्भाइरोन्मेन्टल इन्जिनियरिङका प्राध्यापक ह्वोङ-वेन माले भने, “जसले ताइवानलाई परिपत्र अर्थतन्त्रतर्फ छिटो सङ्क्रमण गर्न प्रमाणमा आधारित उपकरण उपलब्ध गराउँछ ।”

Leave a Reply