
काठमाडौँ, वैशाख ०९ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सात प्रदेशमा २५० वटा बिरुवा रोप्दै कुल १७ सय वृक्षारोपण गरेको हो।
यस अभियानलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सएसआर) अन्तर्गत स्थापना गरिएको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सञ्चालन गरेको हो। कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायमा हरियाली विस्तार, स्वच्छ वातावरणको संरक्षण तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।
लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सम्पन्न गरिएको यो पहलले दीर्घकालमा स्वच्छ हावाको आपूर्ति, पारिस्थितिक सन्तुलनको संरक्षण तथा दिगो जीवनशैली प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply