|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, वैशाख १० । धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा होटल–रेस्टुरेन्ट–क्याटरिङ क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउन रणनीतिक योजना सार्वजनिक गरेको छ।
उक्त घोषणा काठमाडौंको भृकुटीमण्डपमा २२ देखि २५ अप्रिलसम्म आयोजित जीएआइ फुड एण्ड वेभेरेज एण्ड हस्पिट्यालीटी २०२६ को ११औँ संस्करणमा गरिएको हो ।
कम्पनीका बिजनेस हेड सन्दीप घोषले भने, “नेपालमा रणनीतिक विस्तारले मसला उद्योगमा हाम्रो उपस्थितिलाई गहिरो बनाउनेछ। चालु आर्थिक वर्षको अन्त्यसम्म उल्लेखनीय बजार पहुँच हासिल गर्ने हाम्रो लक्ष्य छ।”
प्रतिवेदनअनुसार क्याच स्पाइसेसले वितरण सञ्जाल विस्तार, बजारमा पहुँच बढाउने तथा रिटेल र फूड सर्भिस क्षेत्रका साझेदारहरूसँग सम्बन्ध मजबुत गर्ने योजना अघि सारेको छ।
कार्यक्रमको आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका शेफ तथा नेपालका ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्। उनले क्याच स्पाइसेस प्रयोग गरी विशेष परिकार प्रस्तुत गर्नेछन् ।
क्याच स्पाइसेस नेपालमा भाटभटेनी स्टोर्स, खुद्रा पसल, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध छ।

Leave a Reply