|
Getting your Trinity Audio player ready…
|

टोकियो, जेठ ०४ । जापानको हिरोशिमा बेमा प्रजनन अवधिमा ब्ल्याक सी ब्रीम (कालो पोर्गी) माछाका पोथी र भालेमा फरक–फरक चालचलन देखिएका छन् ।
हिरोशिमा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै प्रकाशित हाइड्रोवायोलोजिया जर्नलमा प्रस्तुत गरेका हुन् ।
अल्ट्रासोनिक बायोटेलिमेट्री प्रविधि प्रयोग गरेर अनुसन्धान टोलीले तीन प्रजनन मौसममा आठ भाले र पाँच पोथीको गतिविधि ट्र्याक गरेको थियो।
नतिजामा भालेहरू व्यापक क्षेत्रमा घुम्ने र साँझतिर प्रजनन अवधिमा बारम्बार उचाइ परिवर्तन गर्ने देखिए भने पोथीहरू निश्चित ओइस्टर फार्म वरिपरि सीमित बस्ने पाइयो।
हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक केन्तारो कावाईले भने, “सबैभन्दा महत्वपूर्ण सन्देश यो हो कि प्रसारण–प्रजनन गर्ने माछामा पनि भाले र पोथीले फरक प्रजनन चालचलन देखाउन सक्छन्।”
ब्ल्याक सी ब्रीममा भालेहरू बढी सक्रियतापूर्वक व्यापक क्षेत्रमा गस्ती गर्ने देखिए भने पोथीहरू विशेष ओइस्टर राफ्ट वरिपरि बस्ने प्रवृत्ति देखिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार भालेको चालचलन सक्रिय जोडी खोज्ने व्यवहारसँग सम्बन्धित हुनेछ भने पोथीको सीमित गतिविधि अण्डा उत्पादनका लागि ऊर्जा बचत गर्ने रणनीति हुनेछ।
ओइस्टर फार्म क्षेत्रले खाना र आश्रय उपलब्ध गराउने भएकाले यी माछाका लागि प्रजनन र आहार दुवै स्थलको रूपमा काम गर्न सक्ने अनुसन्धानले निष्कर्ष निकालिएको छ।

Leave a Reply