पहिलो पल्ट मंगलग्रहको चट्टानी नमूना संकलन

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को पर्सिभेरेन्स रोभरले मंगल ग्रहको पहिलो चट्टानी नमूना  संकलन गरेको छ । शिशा कलमभन्दा केही मोटो आकारका चट्टानी नमूना ‘जेजिरो क्राटर’बाट रोभरले संकलन गरेको हो ।

मंगलग्रहमा रहेको उक्त रोभरले चट्टानी नमूना संकलन गरेको डेटा प्राप्त भएको अमेरिकाको साउथ क्यालीफोर्निया अवस्थित नासा जेट प्रोपुल्सन ल्यावटोरी(जेपीएल)का मिसन कन्ट्रोलरले गएको सेप्टेम्वर ६ मा पुस्टी गरेको थियो ।

नासाका अनुसार अहिले उक्त नमूना हावा नछिर्ने ‘टिटानियम स्याम्पल ट्यूव’मा राखिएको छ । पछि यसलाई मंगल चट्टानी नमूना ‘मार्स स्याम्पल रिर्टन्’ अभियान अन्तर्गत ल्याउने नासाले उल्लेख गरेको छ ।

मंगल सतहबाट नमूना ल्याउने अभियानका लागि नासा र युरोपिएन स्पेस एजेन्सी(इसिए)ले संयुक्त रुपमा मिसनका लागि तयारी अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

‘नासाले महत्वाकांक्षी लक्ष्य चुम्ने प्रक्रियामा इतिहास रच्दै गएको छ । यस खोज र आविष्कारले राष्ट्रिय प्रतिवद्धतालाई उजागर गरेको छ,‘ नासाका प्रशासक विल नेलसन भन्छन्, ‘अहिलेको अपत्यारिलो खोज: जुन रोभर र टिमले गरेको छ, यो स्मरणयोग्य उपलव्धीलाई हेर्न अधर्य छु।’

वैज्ञानिक रुपमा मंगलको चट्टानी नमूना संकलन तथा इतिहासमा पहिलो पटक अन्य ग्रहबाट नमूना ल्याउने प्रयास गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×