नवौं राष्ट्रिय विज्ञान दिवस सप्ताहव्यापी मनाइने

—रिभोसाइन्स संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ आगामी असोज १ गते नवौं राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव सुरेश आचार्यले विज्ञान र प्रविधिको उपयोग र विस्तार बारे जनचेतना फैलाउन सप्ताहव्यापी विज्ञान दिवस मनाउन लागेको जानकारी दिए । उनले देशमा विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कुटनीति मार्फत् पहल गर्ने बताए ।

विश्वविद्यालय, नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन, राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसियसन नेपाल, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल र अन्य विज्ञानसंम्बन्धी गैरसरकारी संस्थाहरुले पनि विभिन्न् कार्यक्रम गरि विज्ञान दिवस मनाउन लागिएको मन्त्रालयले उल्लेख गरें । त्यस्तै, सातै प्रदेशका मुख्यमन्त्री तथा ७७ जिल्लाका प्रमुखलाई पत्राचार गरि विज्ञान दिवस मनाउन अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

युवा जनशक्तिलाई स्वदेशमा रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनलाई न्यूनीकरण गर्ने, वैज्ञानिक खोज तथा अनुसन्धान योगदान गर्ने उत्कृष्ट प्रतिभालाई सम्मान तथा पुरस्कार गर्नेजस्ता उद्देश्य समावेश गरिएको छ ।

मूल समारोह समितिले असोज १ गते विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनिकरण सम्बन्धी प्रविधि र जैविक प्रविधिसमेत छ विधामा पुरस्कार घोषणा गर्ने कार्यक्म तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×