पत्रकार मणि दाहाललाई विज्ञान पत्रकारिता पुरस्कार

–रिभोसाइन्स संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पत्रकार मणि दाहाललाई विज्ञान पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नवौं राष्ट्रिय विज्ञान दिवस २०७८को अवसरमा आयोजित कार्यक्रममा दाहललाई  विज्ञान पत्रकारिता पुरस्कार पदान गरिएको हो ।

पत्रकार दाहाललाई नेपाल पत्रकार महासंघको सिफारिसअनुसार कदर गरिएको मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी पच्चिस हजार र प्रमाण पत्र रहेका छन् । पत्रकार दाहाल विज्ञान र राजनीतिमा कलम चलाउँदै आएका छन् । उनी नेपाल विज्ञान पत्रकार मञ्चको निवर्तन सदस्यसमेत हुन् ।

यसैगरी विपत न्यूनिकरण पुरस्कार डा. प्रदिप ज्ञवाली, उदयीमान प्रविधि पुरस्कार आभाष मास्के, एरोनोटिकल पुरस्कार दीपकप्रसाद बास्तोला, जैविक प्रविधि पुरस्कार प्राडा प्रकाश घिमिरे र अन्तरिक्ष प्रविधि प्राडा उदयराज खनाललाई प्रदान गरिएको छ ।

पुरस्कार छनोटमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्,  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, जैविक प्रविधि केन्द्रिय विभाग, एरोनोटिकल सोसाइटी र वीपी प्लानेटोरियम, अव्जभेटरी तथा साइन्स म्यूजियम डेभलभमेन्ट बोर्डले भूमिका खेलेको मन्त्रालयले उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ नवौं राष्ट्रिय विज्ञान दिवस २०७८ सव्ताहव्यापी मनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×